×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्डलाई ताइवानको चिन्ता, अमेरिकालाई किनारा

१ माघ,विराटनगर ।
विश्व भूराजनीतिमा ताइवानलाई लिएर अमेरिका र चीनबीच शीतयुद्ध लामो समयदेखि चलिरहेका बेला नेपालले आफूलाई चीनको पक्षमा उभ्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएर ताइवानको स्वतन्त्रताको पक्षमा चीनविरुद्ध समेत लड्न तयार रहेको अमेरिकालाई चिढ्याएका छन् ।

आइतबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले ताइवान चीनकै अभिन्न अंग भएको जिकिर गरेका छन् । ताइवानमा नयाँ राष्ट्रपतिमा चीनविरुद्धको अभियानलाई प्राथमिकता दिने अमेरिकी पक्षधर विलियम लाइ विजयी भएकै दिन प्रधानमन्त्री प्रचण्डले नेपाल ताइवानको स्वतन्त्रताको विपक्षमा रहेको सार्वजनिक अभिब्यक्ति दिएका छन् ।

Advertisement

यसले अमेरिकासँगको सम्बन्धमा तितोपना त निम्त्याउँछ नै चीनलाई खुशी बनाउदा स्वतन्त्र हुने लक्ष्य बोकेको ताइवनालाई समेत निराश तुल्याएको छ । प्रधानमन्त्रीले नेपालले विगतदेखि नै प्रतिवद्धता जनाउदै आएको एक चीन नीतिप्रति प्रतिवद्धता जनाउदै आफू ताइवानको स्वतन्त्रताको पक्षमा नरहेको बताएका छन् ।

उनले ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रस्ट पारेको पनि बताए । उनले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको उल्लेख गरे ।

उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेको दाबी गरे । “नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अंग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको छ,“ उनले भनेका छन् ।

प्रधानमन्त्री दाहालले चीनकाबिरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे । दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको उनले बताएका छन् । नेपालले यसअघि अमेरिकाको अपेक्षा वमोजिम आफूलाई रुसको आक्रमणविरुद्ध युक्रेनको पक्षमा उभ्याएको थियो ।

पछिल्लो समय नेपालीहरु अवैध रुपमा रसियन सेनामा भर्ना भएको र जीवनसमेत गुमाइरहेको अवस्थामा नेपाल सरकारले उनीहरुको घर फिर्तीको लागि रुसी सरकारसँग प्रभावकारी कदम चाल्न सकेको छैन् । यससँगै रुसी सेनाका रुपमा युद्धमोर्चामा युक्रेनपक्षबाट पक्राउ परेका नेपालीहरुलाई समेत नेपाल सरकारले अझै छुटाउन सकेको छैन् ।

Advertisement

यता चीनले भने कुनै पनि हालतमा कुनैपनि समय ताइवान मुल भूमि चीनमा विलय गराइछाड्ने बताउँदै आएको छ । उता अमेरिकाले ताइवानको स्वतन्त्रता र रक्षका लागि चीनको समाना गर्न पछि नपर्ने बताउँदै आएको छ ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top