रुसी सेना बनेका लमजुङे युवा पनि ढले

Share this
702shares

२ माघ, एजेन्सी ।
रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन् । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले बताएका छन् । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए ।

Advertisement

उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए । गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए ।

रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् । पूर्वी लमजुङको गोर्खासँग सीमा जोडिएको दुधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्थ्यो । यो क्षेत्रलाई माओवादीले आधार क्षेत्रका रुपमा प्रयोग गरेको थियो ।

Advertisement

साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध भएका थिए । उनी हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन् । साजन पिताका भनाई अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो हप्ता विदेश उडेका थिए ।

Advertisement

‘हामीलाई खाडी मुलुकमा जान्छु भनेको थियो, रुस जाने कुरा थाहै थिएन,’ श्रीमानले भने, ‘अहिले युक्रेनको आक्रमणमा परी मृत्यु भएको भन्ने खबर पाएका छौँ। त्यसबाहेक धेरै जानकारी छैन।’ आमा चेङ्दु गुरुङका अनुसार खाडी मुलुक जान्छु भनेर हिँडेका साजन रुसी सेनामा भर्ति भएको जानकारी परिवारले असोजमा मात्र पाएको थियो ।

‘रुस पुगेपछि रुसी सेनाको ड्रेस लगाएर खिचेको फोटो पठाएको थियो’ शोकाकूल चेङ्दुले भनिन्, ‘केही दिन त कुराकानी हुँदै थियो, त्यसपछि १५–२० दिन ऊ बेपत्ता भयो, हामीले ऊबारे कुनै सूचना पाएनौँ।’ साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ ।

आफ्ना नागरिकहरुलाई रुसी सेनाबाट फिर्ता गराउन नेपालले आग्रह गरेपनि रुसले त्यसको रेस्पोन्स गरेको छैन । बरु रुसी सेनामा मृत्यु हुने नेपालीहरुको संख्या बढीरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top