विश्व आर्थिक मञ्चमा पुग्ने पहिलो नेपाली निर्वाण चौधरी

५ माघ, एजेन्सी ।
नेपालका एकमात्रै अर्बपति व्यापारी तथा प्रतिनिधिसा सदस्य विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले विश्व आर्थिक मञ्च (डब्लूईएफ) को कार्यक्रममा प्यानल डिस्कसनमा सहभागिता जनाएका छन्। उनी विश्वप्रसिद्ध यस्ता कार्यक्रममा बोल्न पाउने निजी क्षेत्रको पहिलो नेपाली बन्न सफल भएका छन् ।

उनले नेपाली उद्योगपतिले त्यहाँ बोल्ने मौका पाउनुले यो नेपाली जनता तथा उद्योगीका लागि गर्वको विषय बनेको पनि उल्लेख गरेका छन्। पहिलोपटक एक ऐतिहासिक रेकर्ड राख्दै नेपाली निजी क्षेत्रका एक प्रमुख व्यक्तित्व तथा उद्योगपति चौधरीले विश्वव्यापी आर्थिक क्षेत्रमा एक विशिष्ट स्थान निर्माण गर्न सफल भएका छन् ।

स्विट्जरल्याण्डको दाभोसमा आयोजित डब्लूईएफमा बोल्ने पहिलो नेपाली निजी क्षेत्रका प्रतिनिधि भएका चौधरीले नेपाललाई एक महत्त्वपूर्ण वैश्विक संवादमा सामेल गराएका मात्रै होइन बरु उनले विकासशील अर्थतन्त्रहरूका युवा नेताहरूको सम्भावना र महत्वाकांक्षाको पनि प्रदर्शन गरेको चौधरी ग्रुपले बताएको छ ।

Advertisement

कार्यक्रममा चौधरीले नेपालको हिमालय क्षेत्रबाट विश्वको धेरै जनसंख्या हिमालयको पानीमा निर्भर रहेको देश नेपाल भएकोमा नेपालप्रति विश्वले गर्व गर्नुपर्ने बताएका छन् । उनले १ लाख १० हजार मेगावाट विद्युत उत्पादन क्षमता राख्ने हामी अहिले २÷३ हजार मेगावाटमा सीमित रहेको उल्लेख गर्दै हाम्रो हिमालमा स्टोर भएको पानीले करिब २अर्ब जनसंख्यालाई जीवन दिन नेपाल सक्षम भएको बताएका छन् ।

सम्मेलनमा उनको उपस्थिति र योगदानले दक्षिण एशियाली बजारहरूको बढ्दो महत्व र समावेशी वैश्विक आर्थिक छलफलको आवश्यकतालाई उजागर गरेको थियो। दाभोसमा भएको डब्लुईएफमा चौधरीको सहभागिताले उनको लागि मात्र होईन्, सीङ्गो नेपालको लागि एक महत्त्वपूर्ण माइलस्टोन साबित भएको चौधरी ग्रुपले बताएको छ ।

Advertisement

चौधरी ग्रुपको नेतृत्वमा रहेका युवा अर्बपतिले माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्स, एशियाकै धनाड्य गौतम अडानी, डेलका सञ्चालक आदिसँग मञ्च सेयर गरेका छन् । निर्वाण चौधरी, चौधरी समूहका प्रबन्ध निर्देशक पनि हुन्। विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक, व्यापारिक, र सांस्कृतिक नेताहरूलाई एकत्रित गर्ने सम्मेलनरुपमा डब्लुईएफको सम्मेलनलाई लिइन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top