नयाँ अधिकृत प्रदीपसंग बालेनको ट्युनिंग कस्तो रहला ?

५ माघ ८०, शनिबार

६ माघ,काठमाडौं ।

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार आएका छन् । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदीप परियारलाई पठाएको छ । उनी राष्ट्रिय योजना आयोगका कार्यरत थिए । त्यसअघि उनी सहरी विकास मन्त्रालयमा थिए ।

वसन्त अधिकारी कर्मचारी भर्नाको किर्ते प्रकरणमा जोडिएर बिदा भएपछि महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका हुन् । मन्त्रालयले काठमाडौंमा यसअघिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरूवा गरेको छ ।

नगर कार्यपालिकाको निर्णय हेरफेर गरेको घटनामा महानगरले प्रशासकीय अधिकृत अधिकारीलाई माघ १० गते सम्मका लागि बिदामा बस्न भनेको थियो । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

तर त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ । यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि संलग्नता भेटिएको भन्दै सचिवालयले उनलाई छानबिन नसकुञ्जेल बिदामा बस्न भनेको थियो ।

छानबिन सकिनुअगावै अधिकारी हाजिर हुन आउने थाहा पाएपछि महानगरका मेयर बालेन शाहको सचिवालयले प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाएको थियो । उक्त प्रवर्द्धन केन्द्र ’द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो । सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो ।

यस्तै, महानगरले मेयरको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो । यो घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । उक्त समितिमा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल छन् ।

छानबिन प्रतिवेदनको सुझावअनुसार उनीहरूमाथि कारबाही गरिने महानगरले जनाएको थियो । यता बालेनको नयाँ सारथी बन्न आएका अधिकृत प्रदीप परियार ३२ वर्षकै उमेरमा सहसचिव बन्न सफल व्यक्ति हुन् । पर्वत फलेवासका प्रदीपले चैत २०७८ मा खुल्ला प्रतिस्पर्धामा सहसचिवमा नाम निकालेका थिए ।

त्यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत थिए । उनले अस्ट्रेलिया सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उनले स्नात्तकोत्तर गरेका छन् । बालेन र परियार यी दुई जुझारू युवा सारथिको सहयात्रा कति फलदायी हुन्छ, त्यो हेर्न उनीहरूको आगामी काम कुर्नुको विकल्प छैन ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top