रामका लागि मोदी ११ दिनदेखि नरिवल पानीको भरमा

८ माघ ,एजेन्सी ।

भारतको अयोध्यामा बनिरहेको भव्य राम मंदिरमा भगवान रामको प्राण प्रतिष्ठा आज हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं रामको अभिषेक समारोहमा सहभागी हुँदैछन् । यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन् ।

अहिले मोदी मन्दिर भित्र प्रवेश गरिसकेका छन् । प्राण प्रतिष्ठाको पूजा अहिले जारी रहेको छ । प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा नेपाली नागरिक दुर्गाप्रसाद गौतम पनि संलग्न हुँदैछन् । उनले आफूले पाएको अवसर “ऐतिहासिक” भएको बताएका छन् ।

Advertisement

पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा हुन गइरहेको र त्यसका धार्मिक विधिविधान गराउने कार्यमा आफू संलग्न हुन पाउनु “गौरवको कुरा” भएको उनले बताए । झापाका गौतम सन् २०२० को मार्च १८ देखि श्री राम जन्मभूमि तीर्थ क्षेत्रका मुख्य ‘आचार्य’का रूपमा कार्यरत छन् ।

त्यसै वर्ष अगस्टमा राम मन्दिर निर्माण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन तथा शिलान्यास गर्दा धार्मिक विधिविधान गराउने कार्यमा उनी संलग्न भएका थिए । उनले सन् २०२० देखि पटकपटक भारतका उच्च अधिकारीहरू आउँदाखेरि उनीहरूले गर्ने मुख्य पूजामा आफू संलग्न भइरहेको बताए ।

Advertisement

यद्यपि उनलाई नेपालमा राम मन्दिरको मुख्य पुजारी भनिएकोमा गौतमले आफू मुख्य पुजारी नभएको स्पष्ट पारे । उनले भने, “म मुख्य आचार्य हुँ। मुख्य पुजारी होइन। मुख्य पुजारी त सतेन्द्र दासजी हुनुहुन्छ।” “मुख्य पुजारीको काम मन्दिरको नियमित पूजाअर्चना गर्ने हुन्छ भने आचार्यको काम कुनै ठूलो यज्ञ वा अनुष्ठान गर्दा व्यवस्थापन गर्ने र विशेष पूजा गर्दा पुरोहितहरूको नेतृत्व गर्ने हुन्छ।”

उनले प्राणप्रतिष्ठाका क्रममा कुल १२१ पुरोहितहरूले धार्मिक विधिहरू पूरा गर्ने र ती सबैको व्यवस्थापनमा आफू जुटेको जानकारी दिए । गौतमले दिएको जानकारी अनुसार प्राणप्रतिष्ठाका क्रममा विधिहरू पूरा गरेर जम्मा पाँच जनालाई मात्र मन्दिरको गर्भगृहमा राख्नेगरी व्यवस्थापन मिलाइएको छ ।

“गर्भगृहमा पाँच जना मात्र रहनुहुन्छ हामीले समेत बाहिरबाट मन्त्रोच्चारण गर्ने हो र विधि पूरा गर्ने हो,” उनले भने । ‘गर्भगृहमा रहने पाँच जना चाहिँ को हुन् त?’ भन्ने प्रश्नमा उनले भने, “प्रधानमन्त्री मोदीजी, मुख्यमन्त्री योगीजी (योगी आदित्यनाथ), सरसङ्घचालक मोहन भागवतजी (राष्ट्रिय स्वयमसेवक सङ्घ), आनन्दीवेन पटेलजी (उत्तरप्रदेशकी गभर्नर) र नृत्यगोपाल दासजी (श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष) रहनुहुन्छ।

”उनले विशिष्ट व्यक्तित्वहरूले प्राणप्रतिष्ठाको अन्तिम विधि पूरा गर्नुअघि धेरैखाले विधानहरू पहिले नै पूरा भइसकेको हुने बताए । गौतम झापाको बाहुनडाँगीका स्थायी बासिन्दा हुन्। नेपालमा प्राथमिक शिक्षा लिएर अध्ययनका लागि आफू भारत गएको उनी बताउँछन् ।

बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरेका उनी अहिले अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य रहेका छन्। गौतम स्थानीय एउटा वेद विद्याश्रममा अध्यापन पनि गराउँछन् । संस्कृत व्याकरणमा आचार्य गरेका गौतम अहिले विद्यावारिधिको तयारीमा रहेको बताउँछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top