मेनुका पौडेल इन्डियन आइडलको टप १०मा

८ माघ,काठमाण्डौ ।
नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इन्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् । गएराति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् ।

जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ । भोटका आधारमा प्रतिस्पर्धीहरू अगाडि बढ्ने वा शोज छोडेर फर्किने निर्णय हुने गरेको छ । भारतीय दिग्गज गायकगायिका तथा अभिनेताहरूले उनको गायकीको तारिफ गरिरहेका छन् ।

मेनुकाले केही समय अगाडि रिलिज भएको चलचित्र ‘सलार’मा गीत गाउने अवसर पाएकी थिइन् । आइतबार प्रसारित एपिसोडमा पियुष, अन्जना र मुस्कान बटन थ्रीमा परे । जसमध्ये मुस्कान टप ११ बाट बाहिरिएकी थिइन् । पौडेल अडिसन चरणबाट धेरैको मन जितेर चर्चित भएकी हुन् ।

Advertisement

उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँशु झारेका थिए । उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन् । नेपाल आइडलबाट नेपालभरी चर्चामा छाएकी मेनुकाले भारतीय अर्काे चर्चित रियालिटी शो सारेगमपमा समेत भाग लिएकी थिइन । मेनुका जन्मजात नै दृष्टिविहीन रहेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top