×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

एक कुष्ठरोगी, जसको कृषि कर्मले जीवननै फेरिदियो

९ माघ २०८०

९ माघ, काठमाण्डौ ।

कुनै बेला नेपाली समाजमा कुष्ठरोगीलाई हेयका दृष्टिले हेरिन्थ्यो । उनीहरुलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गरिन्थ्यो । त्यही कारण कुष्ठरोग लागेपनि धेरैले भित्रभित्रै लुकाउने गर्दथे ।त्यसैले उनीहरु शारीरिक रुपमा अशक्त मात्र होइन, कष्टकर जीवन बिताउन बाध्य हुन्थे । तर अहिले अवस्था त्यस्तो छैन् ।

Advertisement
Advertisement

अहिले कुष्ठरोग सम्बन्धि पुरातन धारणा फेरिएको छ । सुनसरी जिल्ला, देवानगञ्ज गाँउपालिका वडा नम्बर १ निवासी ७२ वर्षीय सत्यनारायण मेहताले आफूलाई कुष्ठरोग लागेको थाहा पाए तब उनलाई जिन्दगी सकियो भन्ने लाग्यो । अब परिवार पराइ होलान्, समाजले तिरस्कार गर्ला भन्ने चिन्ता उनलाई थियो ।

र यति बेला तिनै मेहता दयाको पात्र होइन समाजमा उदाहरणीय बनेका छन् । मेहता यतिबेला आफूसँगै आफ्नो जीवन संगिनी सोवितादेवी मेहतासँग व्यवसायिक रुपमा कृषि कर्ममा लागेका छन् । उनले अहिले कृषि कर्मका कारण आफूहरुलाई उपचार गर्न सहज भएको र व्यवसाय पनि राम्रोसँग फस्टाइरहेको बताएका छन् ।

विभिन्न परियोजना मार्फत मेहता दम्पतीलाई कृषि तालिम दिएपछि जीवन थप सुधारिएको मेहताकी जीवन संगिनी सोवितादेवी मेहताले बताइन । उनले रोग ठीक हुने विश्वास नभएपनि अहिले आएर रोग बिस्तारै ठीक हुँदै गएको बताइन । आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने सरुवा रोग नै कुष्ठरोग हो ।

यो रोग लागेपछि छाला तथा स्नायुलाई असर पार्ने गर्छ । यो रोग लागेमा छाला रातो हुने तथा छालामा हल्का फुस्रो दाग देखिने गर्छ । त्यसैगरी अनुहारको छाला बाक्दलो हुने, गिर्खाहरु देखा पर्ने, स्नायूमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नपाउने हुन्छ ।

Advertisement

साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले मांसपेशीहरु कमजोर हुने गर्दछ । यो रोग लागेमा कुष्ठरोगलाई चिन्ह र लक्षणको आधारमा दुई प्रकारले विभाजन गरी उपचार गर्न सकिन्छ । कम किटाणु भएमा पौसी व्यासिलेरीलमई ६ महिनासम्म र बढी किटाणु भए मल्टिव्यासिलरिलाई १२ महिनासम्म नियमित औषधि खुवाएर पनि औषधि गर्न सकिन्छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top