NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ? शुक्रबार अशोज ३ , २०८२
यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते शुक्रबार अशोज ३ , २०८२
पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा शुक्रबार अशोज ३ , २०८२
बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

जनताका माग बोकेर ओली बालुवाटारमा, प्रचण्डले के भने ?

मङ्लबार माघ ९ , २०८०
Reading Time: 1 min read
A A
जनताका माग बोकेर ओली बालुवाटारमा, प्रचण्डले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ माघ, विराटनगर ।
नेपाली राजनीतिमा दलहरुका नेताहरुबीच आरोपप्रत्यारोप नयाँ कुरा होइन । न त उनीबीच जुनसुकै बेला पनि हुनसक्ने मेलामिलाम नै नयाँ हो । यहाँ रातारात पार्टीहरु जुट्ने र फुट्ने चलन चल्दै आएकै छ । विहानसम्म घमासान मनमुटाव र परस्पर विरोधीहरु बेलुका सुटुक्कै सहयात्री बनेर चकित पारिदिने देश हो नेपाल । एउटा गठबन्धनभित्र अनेकन उपगठबन्धन अनि उही समयमा विपक्षीसंग पनि मोर्चा हेर्न अन्त कतै जान पर्दैन ।

यस्ता दुर्लभ उदाहरण नेपालमै प्रशस्तै छन् । यो पृष्ठभूमिमा जब दलका शीर्ष नेताहरु आपसमा छलफलमा जुट्छन्, जनताका मनमा अब चाहीँ यिनले केमा साँठगाँठ गर्न लागे भनेर चिसो पस्छ । किनभने यदाकदा बाहेक प्राय शीर्षहरुको बैठक यस्तै साँठगाँठ, मोलमलाई, भागभण्डाकै लागि बस्ने गरेको जो छ ।

तर जनताले शीर्ष नेताहरुको भेटघाट र छलफललाई साँठगाँठको नजरले हेरेको विषयले चाहीँ नेताहरुलाई निकै घोचेको छ । त्यही भएर होला प्रचण्ड र ओली आफूहरुको भेटघाटलाई लिएर नकारात्मक टिप्पणी बढि भयो भन्न थालेका छन् । तर प्राय गोप्य हुने गरेका यस्ता भेटघाटले आशंका उब्जाउनु स्वभाविक नै हो ।

किनभने खुल्लारुपमा देश र जनताका लागि नेताहरुले छलफल, बहस गरेको सुनिएकै छैन । अरु त अरु, देश यस्तो आर्थिक संकटतर्फ उन्मुख छ, यसतर्फ समेत शीर्षहरुले मन्थन गरेको देखिएकै छैन । यस्तोमा जनताले नेताहरुले जे देखायो त्यहि नै देख्ने हो । आज भने दुई शीर्ष नेताहरुबीच केही फरक दृश्य देखियो ।

आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका थिए । प्राय आआफ्नो स्वार्थका लागि छलफल कम बार्गेनिंग बढि हुने गरेका यस्ता भेटघाट आज भने जनताका सवालमा केन्द्रित देखिए । आजको भेटमा एमाले अध्यक्ष ओलीले मध्यपहाडका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेरै ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी दल एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो । त्यसक्रममा देखिएका समस्या एकीकृत गरेर समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझाव समेटिएको ध्यानाकर्षण–पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् । एमालेले मङ्सिर १४ देखि पुस १ गतेसम्म मध्यपहाडको झुलाघाटदेखि चिवाभञ्ज्याङ सम्मको १८ दिने यात्रा गरेको थियो । त्यसक्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग एमालेले प्रधानमन्त्रीलाई बुझाएको हो ।

जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन् । सो ध्यानाकर्षण–पत्रमा मध्यपहाडी लोकमार्गको एलाइन्मेट चेञ्जका योजना समेत उल्लेख गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा बन्न लागेको १० ठुला सहरका काम रोकिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताएका छन् । यी विषयको कार्यान्वयनको लागि पार्टीको तर्फबाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको समेत प्रधानमन्त्रीलाई जानकारी गराएको ज्ञवालीले बताए ।

ध्यानाकर्षण–पत्रमा मध्यपहाडमा देखिएका विकासका सम्भावनाबारे पनि प्रकाश पारिएको ज्ञवालीले बताए । पूर्वाधार विकासमा मध्यपहाड अगाडि बढ्दै गएको, फलफूल उत्पादनको राम्रो सम्भावना रहेको, खनिज, जलश्रोतको अथाह भण्डार रहेकोले मध्यपहाड समृद्धिको केन्द्र बन्न सक्ने उनले स्पष्ट पारे । मध्यपहडाका चुनौतीका विषयमा पनि सरकारलाई ध्यानाकर्षण गराएको उनले बताए ।

बसाइसराइ मध्यपहाडको प्रमुख चुनौती रहेको उनले प्रष्ट पारे । बसाइसराइ रोक्नको लागि नेपालमा केही हुँदैन भन्ने मनोवृत्तिलाई चिर्न सरकारले ठोस कदम चाल्नु पर्नेमा उनले जोड दिए । वस्तुको उत्पादन भएको भए पनि त्यसले उचित मूल्य नपाएको कुरामा सरकारको ध्यानाकर्षण गराएको ज्ञवालीले जानकारी दिए । त्यस्तै वन्यजन्तुले बाली नष्ट गर्दा खेती नै लगाउन छाडेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

मध्यपहाडको यात्राको क्रममा अहिले पनि भूमिहीन सुकुम्वासीको समस्या देखिएकोले त्यसको समाधानमा ठोस कदम चाल्न सरकारलाई एमालले सुझाव दिएको छ । त्यस्तै जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि सरकारलाई जिम्मेवार बन्न अनुरोध गरिएको छ ।

कर प्रशासकहरूको अति रुखो व्यवहार, भ्रष्टाचार र बेथितिले गर्दा व्यवसाय बन्द हुँदै गएका, विकास निर्माणका काम ठप्प भएका, बजेट विनियोजनमा पूर्वाग्रह राखिएको, एमालले सुरु गरेका केही राष्ट्रिय महत्वका योजनालाई पूर्वाग्रह राखी असफल बनाउने प्रयास भएको प्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

जाजरकोट भूकम्प पीडितको व्यवस्थापन र पुनर्निर्माणमा सरकार असफल भएको पनि एमालेको ठहर छ । सरकारले अस्थायी आवास र न्यानो कपडा व्यवस्थापन गर्न नसक्दा ३४ जना भूकम्पपीडितको कठाङ्ग्रिएर ज्यान जानु लज्जाको विषय भएको एमालेले जनाएको छ । यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको ज्ञवालीले बताए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विद्यामान समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्बोधन गर्न सकिने विषय सरकारको नीति, कार्यक्रम र बजेटमै समावेश गरेर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका हुन् ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको उनले ओलीसहितका एमाले पादाधिकारीलाई बताएका हुन् ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको बताए ।

एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत प्रधानमन्त्रीले व्यक्त गरे । प्रधानमन्त्रीलाई जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको एमालेले माघ मसान्तदेखि गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ ।

सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले संकल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराएको छ । एमालेले माघ १५ गतेभित्र सचिवालय बैठक र माघ मसान्तभित्र केन्द्रीय कमिटीको बैठक राखेर आन्दोलनको कार्ययोजना बनाउने तयारी गरेको छ ।

यसरबारे तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #ओली बालुवाटारमा#ओली–प्रचण्ड वार्ता#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२

विचार

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२

थप समाचार

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?
खेलकुद

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय
आर्थिक

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते
खेलकुद

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२
पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा
ताजा समाचार

पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.