पूर्वलडाकू कमान्डर ’मार्शल’ किन पक्राउ परे ?

१० माघ ८०, बिहीबार

११ माघ ,काठमाडौं ।

माओवादीका पूर्वकमान्डर एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) पक्राउ परेका छन् । प्रहरीले ४ दिनअघि काठमाडौंबाट पक्राउ गरी डिल्लीबजार कारागारमा राखेको छ । उनलाई रुकुम पूर्वबाट खटिएको प्रहरीले गिरफ्तार गरेको थियो । पुन २०५३ सालको एक अभियोगमा पक्राउ परेका हुन् ।

उनी भूमिगत भइसकेपछि २०५३ मा चरेश ओसारपसार गरेको आरोपमा मुद्दा चलाइएको थियो । रुकुमपूर्वको भूमे गाउँपालिकाका पुनलाई जिल्ला अदालत दाङले साढे २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

पुनको गिरफ्तारीलाई लिएर पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष बाबुराम भट्टराईले भने आपत्ति जनाएका छन् । युद्धकालीन मुद्दामा गिरफ्तार गरेको भन्दै भट्टराईले आपत्ति जनाएका हुन् । ‘युद्धकालीन मुद्दा मलाई र प्रधानमन्त्री प्रचण्डलाई पनि छन् । ती मुद्दाका आधारमा गिरफ्तार गर्दै जाने हो भने के हुन्छ ?,’ भट्टराईले भने, ‘युद्धकालीन मुद्दालाई शान्ति प्रक्रियासँग जोडेर हल गर्नुपर्छ ।’

उनले यो घटनाको भर्त्सना गर्दै आवश्यक कदम चाल्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । पक्राउ परेका पुन ०७४ मा रुकुम पूर्वबाट नयाँ शक्ति पार्टीबाट उम्मेदवार भएका थिए । पूर्व माओवादीमै रहेका नेकपाका नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

Advertisement

उनीहरु खुलेआम कहिले बालुवाटार त कहिले मोर्चाका विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै आएपनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । उनीहरुलाई पक्राउ गर्न जारी भएको पक्राउ पुर्जीको ३५ दिनको हदम्याद समेत नाघिसकेको छ । गएको मङ्सिर १० गतेको पक्राउ आदेश बमोजिम अदालतले मङ्सिर १८ गते ३५ दिने पक्राउ पुर्जी जारी गरेपनि उनीहरु नत पक्राउ परे नत अदालतमा उपस्थित नै भए ।

विप्लवसमूहले उल्टै आफूहरुमाथि षडयन्त्र भएको र सो फिर्ता नलिए कडा कदम चालिने चेतावनी दिदै आएका छन् । नेकपाले तत्कालिन केपी ओली सरकारको पालामा भएको तीन बुँदे सहमति पालना गर्न सरकारसंग आग्रह गर्दै आएको छ ।

सरकारले द्धन्दकालीन मुद्धाहरुको छिनोफानोका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएपनि दलहरुबीच टिआरसी विधेयकमा सहमति जुट्न नसक्दा शान्तिप्रक्रिया नै अझै टुंगोमा पुग्न सकेको छैन् । सरकारले अब बस्ने संसदको अधिवेशनबाट टिआरसी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top