टेस्ट क्रिकेटमा २१ वर्षपछि वेस्टइन्डिजसँग हार्यो अस्ट्रेलिया

१३ माघ ८०, आइतबार

१४ माघ , एजेन्सी ।
वेस्ट इन्डिजले डे–नाइट टेस्टमा अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै २१ वर्षपछि टेस्ट क्रिकेटमा जित हासिल गरेको छ । आइतबार ब्रिसबेनको गाब्बा स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ७ रनमा अलआउट भएपछि वेस्टइन्डिजले रोमाञ्चक जित निकाल्यो ।

वेस्ट इन्डिजले ब्रिस्बेनमा ५६ वर्षपछि अस्ट्रेलियालाई हराएको हो । वेस्ट इन्डिजको जितमा समर जोसेफले ७ विकेट लिएका थिए । स्टिभ स्मिथ दोस्रो इनिङ्समा ९१ रन बनाएर नटआउट रहे । वेस्ट इन्डिजले पहिलो इनिङमा ३ सय ११ रन र दोस्रो इनिङ्समा १ सय ९३ रन बनाएको थियो ।

अस्ट्रेलियाले ९ विकेट गुमाएर २८९ रन बनाएर पहिलो इनिङ्स घोषणा गरेको थियो । दोस्रो टेस्ट जितसँगै वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्धको २ खेलको सिरिज १–१ को बराबरी गरेको छ । यसअघि भएको पहिलो टेस्टमा भने अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

Advertisement

यसअघि वेस्ट इन्डिजले आफ्नै देशको सेन्ट जोन्स स्टेडियममा भएको खेलमा २००३ मा ३ विकेटले जित निकालेको थियो । त्यसपछि टोलीले २० टेस्ट खेल्दा १६ खेलमा हार भोग्यो भने ४ टेस्ट बराबरी भएको थियो । अस्ट्रेलियामा भने वेस्ट इन्डिजले २६ वर्षपछि टेस्ट जितेको हो ।

पछिल्लो पटक पर्थको मैदानमा सन् १९९७ फेब्रुअरीमा टोलीले १० विकेटले जित हात पारेको थियो । त्यसयता इन्डिजले अस्ट्रेलियामा १७ टेस्ट खेल्दा १५ खेलमा हार भोगेको थियो भने २ खेल बराबरी भएको थियो । पिंक बल टेस्टमा अस्ट्रेलियाको यो पहिलो हार हो ।

Advertisement

नोभेम्बर २०१५ मा न्युजिल्याण्डलाई हराएयता टोलीले कुल ११ डे–नाइट टेस्ट खेलेको छ र ती सबै जितेको थियो । यसअघि सन् २०२२ को डिसेम्बरमा एडिलेडमा भएको डे–नाइट टेस्टमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हराएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top