जलाउँदै गरेको शव नदीले बगाएपछी मलामी भागाभाग

१३ माघ ८०, आइतबार

१४ माघ,काठमाण्डौ । 

उमाकुण्ड गाउँपालिका– १ गुम्देलस्थित नदी किनारमा जलाउँदै गरेको शव लिखु नदीले बगाएको छ । शनिबार साँझ गुम्देल– १ का मृतक ३२ वर्षीय झपडबहादुर थापाको शव जलाउने क्रममा लिखु– २ जलविद्युत् आयोजनाले विद्युतगृहबाट विनासूचना एकैपटक ड्याम खोलिदिँदा जलाउँदै गरेको शव नदीले बगाएको हो । जल्दै गरेको शव चितासहित बगेको छ ।

अकस्मात् नदीमा बाढी आएपछि दाहसंस्कारका लागि नदी किनारमा पुगेका मलामीको समेत भागदौड मच्चिएको थियो । साँझको समयमा नदीमा आएको बाढीले नदी किनारमा भागदौड मच्चिँदा मलामीहरू सम्पर्कविहीन भएका थिए ।

Advertisement

नदीले शवसँगै मलामीसमेत बगाएको आंशका गरिए तापनि सबै मलामी आइतबार बिहान मात्रै सम्पर्कमा आएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी दिए ।उनले भने, ‘जलविद्युत् आयोजनाका कर्मचारीको ज्यादतीले गर्दा हामीले नदी किनारमा शवसमेत जलाउन पाएका छैनौँ । अहिले पनि हराएको शव खोजी कार्यमा जुटेका छौँ ।’

नदी किनारामा जलाउँदै गरेको शव बगाएको र दाहसंस्कारका लागि गएका मलामीसमेत हराएको आशंकामा शनिबार साँझदेखि नै सोलुको किग्जा प्रहरी चौकी र रामेछापको बाम्तीको प्रहरी चौकीबाट शव खोजी कार्यको लागि प्रहरी परिचालन गरिएको छ ।

Advertisement

स्थानीय र प्रहरी शव खोजी कार्यमा जुटे पनि अहिलेसम्म शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top