सुनचाँदीको भाउमा आज सामान्य वृद्धी

१४ माघ ८०, सोमबार

१५ माघ, काठमाण्डौ ।

Advertisement

दुई दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार भने बढेको छ।आज छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले बढेको हो।आइतबार प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजावी सुन एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ।आइतबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top