नेपाली आकाशबाटै कैलाश मानसरोवरको दर्शन

१४ माघ ८०, सोमबार

१५ माघ, एजेन्सी ।
चीनको तिब्बतस्थित कैलाश मान सरोवरको अब माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै दुरदर्शन गर्न सकिने भएको छ । श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान सुरु गरेको छ । नेपालको इतिहासमै पहिलो पटक एयरलाइन्सको सीआरजे ७०० ९एन विमानले ‘माउन्टेन फ्लाइट’ गरेको हो ।

नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि गरिएको पर्वतीय उडान सफल भएको कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताएका छन् । कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको नेपाल तर्फबाट पहिलो पटक हो ।

नेपालगन्जबाट नेपाली, भारतीयसहित विदेशी धार्मिक पर्यटक आकर्षित गर्न सकिने एयरलाइन्सले जनाएको छ । सोमबार भएको उडानमा श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्टिालिटी ग्रुप नेपालगञ्ज र पाथहिल होलिडेज काठमाडौंको सहकार्यमा २७ हजार फिट उचाइबाट उडान गरिएको छ ।

Advertisement

उक्त उडानमा क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना रहेका थिए । ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिन्छ । श्रीएयरलाइन्सले नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपति समेत दर्शन गराउने योजना बनाएको छ ।

कैलाश मानसरोवर चीनको तिब्बतमा रहेको हिन्दुधर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो । कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन । कोरोना संक्रमण सुरु हुनअघि नेपालगञ्जबाट सिमिकोट हिल्सा हुदै करिब १२ हजार भारतीय पर्यटकहरुले कैलाश मान सरोवरको दर्शन गर्दै आएका थिए ।

Advertisement

ओमकार परिवारका सदस्यहरुमा कैलाश मानसरोवर तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिन्छ । प्राकृतिक रूपमा मनोरम सरोवरसँगै उत्तरमा अवस्थित कैलाश पर्वतले झन् हिन्दु र बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्छ । समुद्री सतहदेखि चार हजार पाँच सय ५९ मिटर उचाइमा अवस्थित छ भने मानसरोवर तीन सय २० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

यसकै उत्तरमा उभिएको कैलाश पर्वत ६ हजार ६ सय ३८ मिटर अग्लो छ । यसलाई हिन्दु, बौद्ध र जैन धर्मावलम्बीले पवित्र स्थलका रूपमा लिने गरेका छन् । यो तीर्थाटनले पाप पखालिन्छ भन्ने जनविश्वास छ । कतिसम्म भने एकपटक मानसरोवर कैलाश तीर्थाटन गर्दा सात जुनीमा गरिएको पाप पनि पखालिन्छ भन्ने धार्मिक विश्वास समेत रहिआएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top