चुनावको मुखमा इमरान खानलाई १० वर्षको जेल,के हो आरोप ?

१६ माघ , एजेन्सी ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह नहमुद कुरेशीलाई राज्यका गोप्य विषय चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको विशेष अदालतले उनीहरूलाई मंगलवार १०–१० वर्षको सजाय तोकेको हो ।

उनीहरूमाथि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोग लागेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । उक्त मुद्दा अमेरिका र पाकिस्तानबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित रहेको बताइएको छ ।

ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए । खानले आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । आफूले सरकारमा रहँदा सुधारका काम गरेको र ती काम ध्वस्त पार्न अमेरिकाले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप उनको छ ।

Advertisement

इमरान खानले यो सजायलाई उच्च अदालतमा चुनौती दिन सक्ने भए पनि सेनासँगको तनावका कारण उनलाई राहत पाउने आशा कमै छ । सुनुवाइका क्रममा न्यायाधीशले इमरान खानका वकिलहरू उपस्थित नभएको र उनलाई सरकारी वकिल दिइएको बताएका छन् ।

पूर्व विदेशमन्त्री कुरैशीले आफ्ना वकिल उपस्थित नभएको अवस्थामा कसरी बयान लिने भन्ने प्रश्न गरेका छन् । यो सुनुवाइ जेलभित्रै भएको थियो । चुनावअघि इमरान खानको चुनाव चिन्ह ब्याट पनि उनको पार्टीबाट खोसिएको थियो ।

Advertisement

खान यसअघि पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका थिए । उनी तीन वर्षको जेल सजाय भोगिरहेका थिए । अब थप सात वर्ष थपिएको छ । फेब्रुअरी ८ मा पाकिस्तानमा निर्वाचन हुँदैछ ।

उनलाई यो निर्वाचनमा उम्मेदवार हुन दिइएको छैन । खान क्रिकेटबाट राजनीतिमा आएका हुन् । उनको नेतृत्वमा पाकिस्तानले सुन् १९९२ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । त्यो पाकिस्तानले जितेको एकमात्र एकदिवसीय विश्वकप हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top