×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इरान समर्थित समूहको निशानामा अमेरिकी सैन्य अड्डा

१६ माघ २०८०

१६ माघ , विराटनगर ।

आइतबार सिरियाली सीमा क्षेत्र नजिकैको जोर्डनमा रहेको अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणपछि अमेरिका आक्रोशित बनेको छ । ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । ३४ सैनिक घाइते भएका छन् ।

Advertisement
Advertisement

यसमा अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणको बदला दिने चेतावनी दिएका छन् । अमेरिकी शिविरमा आक्रमण गर्नेहरूलाई ‘हामीले चाहेको समयमा चाहेअनुसार उत्तरदायी’ बनाउने छौं, बाइडेनले भनेका छन् । आक्रमणको जिम्मा ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक समूहले जिम्मा लिएको छ ।

गत वर्षदेखि सक्रिय यो समूह इरानसँग सम्बन्ध भएका र इराकमा सक्रिय लडाकु समूहहरूको छाता संगठन हो । समूहले यसअघि पनि अमेरिकी सैनिकलाई लक्षित गरी तीन आक्रमण गरेको दाबी गरेको छ । उक्त समूहलाई इरानले समर्थन गरेको अमेरिकाको दाबी छ । यद्यपि, इरानले आइतबारको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले अमेरिका र बेलायतले आरोप लगाएजस्तो उक्त समूहलाई इरानले सहयोग नगरेको इरानी सरकारी समाचार संस्था इर्नाले जनाएको छ । इरानप्रति लक्षित आरोप निश्चित राजनीतिक उद्धेश्यले प्रेरित रहेको उनको दाबी छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेयता उक्त क्षेत्रमा हवाई आक्रमणमा परेर अमेरिकी सैनिकहरू मारिएको यो पहिलो घटना हो । अमेरिकी सेनाका अनुसार उक्त क्षेत्रका शिविरमा बेलाबखतमा आक्रमणहरू हुने गरेका भए पनि आइतबारको आक्रमण अघिसम्म मानवीय क्षति भएको थिएन ।

तर अमेरिकाको चेतावनीको बाबजुद जोर्डनपछि पनि फेरि सिरियामा रहेको अमेरिकी र उसका सहयोगीहरुको सैन्य अड्डामा आक्रमण भएको छ ।अमेरिकाका रक्षा अधिकारीले सीरियामा आफूहरुमाथि रकेट हानिएको बताएका छन् । उनी भन्छन्, हामीलाई निशाना बनाइएको छ । सीरियाको गश्ती बेस शादादीमा अमेरिका र सहयोगी बलहरुमाथि कयौं रकेट हानिएको हो । तर यो हमलामा भने मानविय हताहति भएको छैन ।

यस्तै आधारभूत पूर्वाधारमा पनि क्षति भएको छैन । यसबीच व्हाइट हाउसमा एक प्रेस कन्फ्रेन्स गर्दै जोन किर्बीले भने, हामी इरानसंग युद्ध चाहादैनौ । हामी तनाव बढाउने बारेमा सोचिरहेका छैनौं । यसअघि भने जोर्डनमा भएको आइतबारको हमला पछि सोमवार व्हाइट हाउसले जस्तालाई त्यस्तै गर्ने जवाफ दिएको थियो । उसले कडा जवाफ दिने कसम खाएको थियो । यही कारण सो क्षेत्रमा संघर्ष थप बढ्ने संकट देखिएको छ ।

जोर्डनमा अमेरिकाका करिब ४ हजार सैनिक तैनाथ छन् । जोर्डनको सीमा इराक, इजरायल, प्यालेस्टाइन, साउदी अरब र सीरियासंग जोडिएको छ । अमेरिकी सेनाले लामो समयदेखि जोर्डनको प्रयोग यो क्षेत्रमा बेसका रुपमा गर्दै आएको छ । यसैगरी सिरियामा अमेरिकाका ९०० सैनिक तैनाथ छन् । जसले सीरियामा सक्रिय इस्लामिक स्टेटविरुद्ध कुर्द सीरियन डेमोक्रेटिक फोर्सेजसंग मिलेर काम गरिरहेको छ ।

इरान समर्थित समूहले लामो समयदेखि अमेरिकी सैनिकहरुलाई इराक र सीरियाबाट निकाल्ने प्रयार जारी राखेको छ । यी प्रयासहरुलाई तिब्र पार्नका लागि यी समूहहरुले गाजामा जारी इजराइल–हमास युद्धलाई पृष्ठभूमिका रुपमा प्रयोग गरेको पनि विश्लेषण गरिन्छ । किनभने गतवर्ष ७ अक्टुबरमा हमास–इजरायल युद्ध सुरु भएपछि इराक र सिरियामा रहेका अमेरिकी सेना निशानामा पर्दै आएका छन् ।

यहाँ अमेरिकी सेनाले दैनिकजसो नै ड्रोन र मिसाइल हमलाको सामना गर्नु परेको छ ।गाजायुद्धलाई पृष्ठभूमी बनाएर अमेरिका र विभिन्न शसस्त्र समूहबीच संघर्ष बढ्दै जाँदा यसबीच इजरायल र हमासबीच स्थायी युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरुको रिहाईका लागि एक पटक फेरि चर्चा बढेको छ । इजरायलका साथै अमेरिका, मिश्र र कतार पनि यस्तो सम्झौताका लागि प्रयास गरिरहेका छन् ।

तर यदि इजरायलको एक चर्चित अखबारको कुरा सत्य हो भने यो सम्झौता अघि नै हमासले एउटा ठूलो शर्त राखेको छ । द टाइम्स अफ रिपोर्टका अनुसार हमासले बंधक मुक्त गर्ने सम्झौताकोे प्रस्ताव स्वीकार गर्नका लागि एक शर्त राखेको छ । हमासको भनाइ छ कि जबसम्म सबै इजरायलीइ सैनिक गाजाबाट फिर्ता हुँदैनन, तबसम्म उ कुनै पनि सम्झौताका लागि तयार छैन ।

हमासले पपुलर फ्रंट फर द लिबरेशन अफ प्यालेस्टाइनको साथमा एक संयुक्त बयान जारी गरेको छ । जसमा उसले भनेको छ, कुनै पनि शान्ति सम्झौतामा संघर्षको पूर्ण समाप्ति र गाजामा इजरायली सैनिकहरुको पूर्ण फिर्ता अनिवार्य छ । अर्थात सम्झौताका लागि इजरायलले युद्ध रोक्नु पर्ने र आफ्ना सेना फिर्ता लैजानु पर्ने उसको शर्त हो ।

यसैबीच कतारका प्रधानमंत्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले सोमवार वाशिंगटनमा आयोजित अटलांटिक काउंसिलमा सम्बोधन गरेका छन्। यसक्रममा उनले भने, बाँकी रहेका बन्धकहरुको रिहाई र गाजामा स्थाई युद्धविरामको समाधान खोज्नका लागि भएको वार्ता प्रगति उन्मुख छ।आइतबार भएको वार्तामा कुराहरुलाई सामान्य ढंगले पटरीमा ल्याउनका लागि चर्चा भएको उनले बताए ।

उनले भने, बन्धकहरुको रिहाई र स्थाई युद्धविरामका लागि हामीले केही आधार तयार पारेका छौं । जुन दुवै पक्षलाई विश्वास छ कि स्वीकार्य हुने छ । यद्यपी, बैठकमा प्रस्तावित रूपरेखाबारे हमासलाई सूचित गर्न बाँकी छ ।उनी भन्छन्, हामीलाई अहिले थाहा छैन कि हमासले यसमा कस्तो प्रतिक्रिया जनाउँने छ । यदि हमासलाई पनि शान्ति चाहिन्छ भने उसले पनि यो बैठकमा सकारात्मक रूपले सहभागि हुनुपर्छ ।

Advertisement

गाजामा चर्किरहेको युद्धलाई कम गर्ने यस्ता प्रयासहरु एकातिर चलिरहेका छन् भने अर्कातिर गाजायुद्धलाई नै पृष्ठभूमि बनाएर अमेरिका र इरान समर्थित समूहहरुबीचमा बढ्दै गएको संघर्षबारे तपाइँका टिप्पणी के छन्, अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top