इरानसँग डरायो अमेरिका ? युद्ध नगर्ने

१७ माघ ,एजेन्सी ।
लाल सागरमा इरान समिर्थत हुथी विद्रोहीबाट आक्रमणको सामना गरिरहेको अमेरिकाले इरानसँग भने युद्ध नगर्ने बताएको छ । अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको हो ।

Advertisement

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताएका छन् । उनले सैनिक मृत्यु प्रकरण निन्दनिय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गरेका छन् । यद्यपि बाइडेनले संयुक्त राज्य अमेरिकाले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

किर्बीको टिप्पणीपछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूहरुले द्वन्द्वलाई फैलिनबाट रोक्न चाहेको बताएका छन् । आफूहरुले द्वन्द्व फैलिनबाट रोक्न काम गरिरहेको उनले बताएका छन् । सिरियासँगको सीमा नजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिवार राति भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ४० जनाभन्दा बढी घाइते भएको पेन्टागनका उपसचिव सबरीना सिंहले बताएकी छन् ।

Advertisement

पेन्टागनले सोमवार मारिएका तीन सैनिकको पहिचान गरेको छ । ती सबै अमेरिकी सेनाको रिजर्भ इकाईका सदस्य थिए । अमेरिकाले लाल सागरसहित इराक, सिरिया लगायतमा विद्रोहीबाट आक्रमणको समाना गरिरहेको छ । यस्तो अवस्थामा अमेरिकाको ध्यान भने संभावित उत्तर कोरियासँगको युद्ध, जारी गाजा र युक्रेन युद्धमा केन्द्रित रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top