×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साफ खेलाउन ढाका जाने रेफ्री राधिका विमानस्थलबाट फिर्ता

१७ माघ २०८०

१७ माघ ,काठमाडौं ।

ढाकामा आगामी फेब्रुअरी २ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने प्रतियोगिताका सहभागिताका लागि नेपाली टिम ढाका प्रस्थान गरेको छ । यसअघि सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच प्रतियोगिताका लागि नेपाली टिमलाई बिदाइ गरेको थियो ।

Advertisement
Advertisement

तर ढाका प्रथान गर्ने टोलीमा रहेका खेलाडी र पदाधिकारीमध्ये साफ यू–१९ महिला च्याम्पियन खेलाउन बंगलादेश जाने तयारीमा रहेकी फिफा सहायक रेफ्री राधिका शाक्यलाई विमानस्थलबाटै फर्काइएको छ । बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)को तर्फबाट अञ्जना राई र राधिका शाक्यलाई रेफ्रीका निम्ति ढाका जाने तय भएको थियो ।

 

प्रतियोगिताका लागि एन्फाले सोमबार नेपाली युवा टिमलाई बिदाइ गर्दा राई र शाक्यलाई पनि बिदाइ गरेको थियो । तर, त्यसको दुई दिनपछि बुधबार नेपाली टिम र रेफ्री राई बंगलादेश प्रस्थान गर्दा शाक्यलाई भने विमानस्थलबाटै फर्काइएको छ ।

शाक्यले बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसँग सामान्य भनाभन जस्तो परिस्थिति बनेको भए पनि किन नाम हटाइयो भन्नेबारे जानकारी नभएको उनले बताएकी छन् । नेपाली टिमले बालगोपाल साहुखलको प्रशिक्षण र सारा महर्जनको कप्तानीमा प्रतियोगिता खेल्नेछ ।

प्रतियोगिताको यस संस्करणमा नेपालसँगै बंगलादेश, भारत र भुटान सहभागी छन् । सिंगल राउन्ड रोविन लिग पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि खेल्नेछन् । नेपालले फेब्रुअरी २ मा घरेलु टिम बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

दोस्रो खेल नेपालले फेब्रुअरी ४ मा भुटानविरुद्ध खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा भारतसँग फेब्रुअरी ६ मा खेल्नेछ । यसअघि टोलीको विदाइ गर्दै नेपाली युवा महिला टिमका प्रशिक्षक बालगोपाल साहुखलले आफुहरुको लक्ष्य च्याम्पियन हुने रहेको बताएका थिए ।

नेपालले यसअघि भएका चार संस्करणमा प्रतिस्पर्धा गरे पनि हालसम्म उपाधि जित्न सकेको छैन । नेपालले यसअघि सन् २०१८ र २०२३ को संस्करणमा फाइनलसम्मको यात्रा तय गरेका थिए । तर, उपाधि जित्न भने सकेको छैन । २०१८ को फाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

Advertisement

२०२३ को संस्करण भने सिंगल राउन्ड रोविन पद्धतिमा भएकाले बंगलादेश शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको थियो । यसअघिका चार संस्करणमध्ये तीन संस्करणको उपाधि बंगलादेशले जित्दा अर्को एक संस्करण भने भारतले जितेको थियो । नेपाली टिम ललितपुरकी सारा बज्राचार्यको कप्तानीमा बंगलादेश उडेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top