आज मेसी भर्सेस रोनाल्डोको महाभिड्न्त,खेल कति बजे हेर्ने ?

१७ माघ ८०, बिहीबार

१८ माघ,एजेन्सी ।

विश्व फुटबलका समकालीन महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो नेतृत्वको टोली लामो समयपछि एक–अर्काविरुद्ध मैदानमा ओर्लिने भएका छन् । यी दुई महान खेलाडी आबद्ध क्लबबिच बिहीबार राति आपसमा भिडन्त हुँदैछ । मेसीको क्लब इन्टर मियामी र रोनाल्डोको क्लब अल नासरबिच बिहीबार राति साउदी अरेबियामा आपसमा भिडन्त हुन लागेको हो ।

खेल राति ११ः४५ बजे सुरु हुनेछ । बिहीबार राति हुने इन्टर मियामी र अल नासरबिचको खेलमा रोनाल्डोले खेल्ने सम्भावना भने निकै कम छ । उनी पछिल्लो केही समययता पिँडुलाको समस्याबाट पीडित छन् । त्यसैले उनी केही समयदेखि मैदानमा देखा परेका छैनन् ।

Advertisement

पहिले यी दुबै महान खेलाडी स्पेनिस क्लबबाट ब्यवसायीक फुटबल खेल्थे । ३८ वर्षीय रोनाल्डो रियल म्याड्रिडबाट र ३६ वर्षीय मेसी बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्थे । त्यतिबेला भने यी दुई महान खेलाडी समय–समयमा एक–अर्काविरुद्ध मैदानमा ओर्लन्थे ।

तर, लामो समयदेखि यी दुई प्रभावशाली फुटबलर मैदानमा एक–अर्काविरुद्ध ओर्लिएका छैनन् । मेसी बार्सिलोनाबाट फ्रान्सेली क्लब हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । उनी सन् २०२३ मा अमेरिकी ब्यवसायीक लिग खेल्न इन्टर मियामी पुगेका हुन् ।

Advertisement

अर्कोतिर, रोनाल्डो पनि रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्स र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड हुँदै हाल साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका छन् । उनी साउदी अरेबियाको ब्यवसायीक लिग खेल्न सन् २०२३ मा अल नासरमा आबद्ध भएका हुन् ।

इन्टर मियामीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि हो । मेसी साउदी पर्यटनका सदभावना राजदूत पनि हुन् । मेसी र रोनाल्डो हालसम्म ३५ पटक एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । यी दुई खेलाडी क्लब र राष्ट्रिय टोलीबाट खेल्दा एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका हुन् ।

त्यसमध्ये १६ खेलमा मेसीको टोली र १० खेलमा रोनाल्डोको टोली विजयी भएका छन् । बाँकी नौ खेल भने बराबरीमा सकिएको छ । ती ३५ खेलमा मेसीले २१ गोल गरेका छन् भने १२ वटा गोलका लागि पास उपलब्ध गराएका छन् । रोनाल्डोले भने २० गोल गरेका छन् भने एक गोलका लागि पास उपलब्ध गराएका छन् । विश्वभरका फुटबलप्रेमीहरुले आजको खेलको लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top