चिनियाँ ह्याकरको निशानामा अमेरिकी पाइपलाइन

१९ माघ, काठमाण्डौ ।
चिनियाँ ह्याकर ’भोल्ट टाइफुन’ ले अमेरिकी पूर्वाधारहरूलाई निशाना बनाएको अमेरिकी संघीय अनुसन्धान विभाग (एफबीआई)ले आरोप लगाएको छ । अमेरिकाको ऊर्जा र पाइपलाइनजस्ता प्रमुख पूर्वाधार परियोजनाहरूमा चिनियाँ राज्य समर्थित ह्याकर समूहहरूबाट पछिल्ला दिनमा भएको ह्याकिङ आक्रमणको प्रयासलाई आफूहरूले निस्तेज तुल्याएको पनि एफबीआईले दाबी गरेको छ ।

बुधबार अमेरिकी संसदको एक समितिमा सोधिएका प्रश्नहरूको जवाफ दिँदै एफबीआईका निर्देशक क्रिस्टोफर रेले आफूहरूले ’भोल्ट टाइफुन’ नामक चिनियाँ ह्याकर समूहलाई बन्द गराउन अभियान नै चलाएको बताएका थिए । रेले आफ्नो बयानका क्रममा सो समूहले अमेरिकास्थित विभिन्न पुराना सरकारी कार्यालयका राउटरहरूमार्फत ह्याकिङ र डेटा चोरीको प्रयास गरेको आरोप लगाएको बेलायती सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ ।

कुनै शत्रुतापूर्ण द्वन्द्व भइहालेको खण्डमा अमेरिकाका प्रमुख पूर्वाधारहरूलाई काम नलाग्ने बनाउन सकियोस् भन्ने उद्देश्यले चीनले आफ्नो प्राविधिक तयारी अगाडि बढाइरहेको एफबीआई प्रमुखको निष्कर्ष थियो । उनको यो आरोपमा चीनले कुनै आधिकारिक प्रतिक्रिया जनाइसकेको छैन । यद्यपी, विगतमा चीनले आफूमाथि लाग्ने गरेको राज्य समर्थित साइबर युद्धको प्रतिवाद गर्दै अमेरिकालाई नै ’संसारको सबैभन्दा ठूलो ह्याकर राज्य र विश्वव्यापी साइबर चोर’ भएको आरोप लगाउने गरेको थियो ।

Advertisement

भोल्ट टाइफुन समूहले अमेरिकी सञ्चार संयन्त्रमा आक्रमण गरेको यो पहिलो पटक होइन । यसअघि सन् २०२३ को मे महिनामा सोही समूहले गुआमस्थित अमेरिकी सेनाका बेसहरूमा ईमेल र अन्य सञ्चार पूर्वाधारमाथि मालवेयर मार्फत आक्रमण गरेको थियो । त्यस्तै, जुलाइमा अमेरिकी वाणिज्य मन्त्रालयसहित विभिन्न सरकारी निकायका ईमेलमा आक्रमण गरेको माइक्रोसफ्ट र अमेरिकी गुप्ताचर संस्थाहरूले घोषणा गरेका थिए।

अमेरिकी विदेशमन्त्रीको चीन भ्रमण आसपास पनि चिनियाँ राज्यसमर्थित ह्याकरहरूले अमेरिकी अधिकारीहरूका ईमेलमा अनाधिकृत पहुँच बनाएको सार्वजनिक भएको थियो । चीन सरकारले भने यस्तो आरोपहरूलाई एकदमै अव्यावसायिक र भ्रामक सूचना भएको प्रतिक्रिया दिँदै आएको छ ।

Advertisement

बुधबारको बयानका क्रममा एफबीआई निर्देशकले सो चिनियाँ ह्याकरहरूको समूह विभिन्न अमेरिकी पूर्वाधारका एक सयभन्दा बढी पुराना राउटरमा मालवेयर इन्स्टल गर्न सफल भएको उल्लेख गरेका थिए । ’चीनले युद्धको अवस्था आइहालेमा राजनीतिक वा सैन्य स्थानहरूमा मात्रै आक्रमणको तयारी गरेको छैन,’ रेको भनाइ थियो, ’आवश्यक परेमा उनीहरू अमेरिकी समूदाय र नागरिकहरूमा उथलपुथल मच्चाउन र साँच्चै क्षति पु¥याउन सक्ने तयारीमा छन् ।’

अमेरिकी संसदीय समितिको सो छलफलमा चीनको त्यस्तो तयारी साइबर पूर्वाधार क्षेत्रमा विभिन्न पावर ग्रीड र ठूला पुलहरूमा बम राखेजत्तिकै जोखिमपूर्ण भएको चर्चा भएको थियो । चीनले भने अमेरिकी संसद्को अमेरिका–चीन प्रतिस्पर्धासम्बन्धी समितिकै कडा शब्दमा आलोचना गर्ने गरेको छ ।

एफबीआई निर्देशकले भोल्ट टाइफुन समूहजस्ता अभियान चीन सरकारले साइबर युद्धका लागि तयार गरेको भन्दै यस्ता साधन स्रोतबारे विस्तृतमा बयान गरेका थिए ।रेले चीनको राज्यसमर्थित ह्याकिङ क्षमता बाँकी सबै देशहरूको जोड्दाभन्दा पनि ठूलो रहेको र एफबीआईका साइबर एजेन्टभन्दा चीनका यस्ता एजेन्टहरू ५० गुणा धेरै रहेको दाबी गरेका थिए ।

अमेरिका र चीनबीचको प्रविधि युद्ध बढ्दै जाँदा दुई देशले खुलेरै एकर्कालाई साइबर आक्रमणमा संलग्न भएको आरोप लगाउने गरेका छन् । संगठित रूपमा हुने ह्याकिङको क्षति सन् २०२० मा १० खर्ब डलरभन्दा माथि पुगेको अनुमान गरिएको थियो । सन् २०२४ मा आफ्नो साइबर सुरक्षा प्रणाली बलियो बनाउन विभिन्न संस्थाहरूको क्षमता विकासका लागि मात्रै अमेरिकी संघीय बजेटमा झन्डै १८ अर्ब डलर विनियोजन भएको एजेन्सीहरूले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top