रास्वपाको २ महिने दबाब अभियान, कसरी हुँदैछ ?

१९ माघ ८०, शनिबार

२० माघ ,काठमाडौँ । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता देखाउन सरकारलाई चुनौती दिएका छन् । आज बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो चुनौती दिएका हुन् । पत्रकार सम्मेलनमा आएका प्रश्नहरूको जवाफमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको पनि बताए ।

‘मलाई लागेका आरोपको जवाफ दिएर साध्य हुँदैन’, लामिछानेले भने, ‘छानबिन गरे हुन्छ सम्बन्धित निकायले, दोषी देखिए कारबाही गरे हुन्छ।’ आरोप लाग्दैमा प्रमाणित भएजसरी बुझ्ने परिपाटी भएको टिप्पणी गर्दै लामिछानेले भने, ‘रास्वपा यस्ता आरोपबाट डराउँदैन।’

सहकारीका विषयमा आएका समाचारबारे आफूले पत्रकार सम्मेलन गरेर तथा सामाजिक सञ्जालमार्फत प्रस्ट पारिसकेको दाबी पनि उनले गरे । रास्वपाको टोली अहिले अर्घाखाँचीमा घरदैलो गरिरहेको छ । यस्तै रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आइतबारदेखि २१ चैतसम्म चल्ने भएको छ ।

Advertisement

यसअघि नै २१ माघदेखि अभियान सुरु गर्ने तय गरे पनि रास्वपाले अवधिको टुंगो लगाइसकेको थिएन । २१ चैतसम्म तय भएको अभियान पहिलो चरणको हो । रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियानको सिन्धुपाल्चोकको मेलम्चीबाट रास्वपाका सभापति रवि लामिछानेले सुरु गर्दैछन् ।

मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।

Advertisement

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन÷तीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने रास्वपाले जनाएको छ । विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top