म्यान्मार–बंगलादेश सीमामा भिडन्त

२२ माघ,एजेन्सी ।
म्यान्मारमा बंगलादेशको सीमा नजिकै लडाइँ भएको छ । सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा आफ्ना चिकित्सिकले ‘बंगलादेश–म्यान्मार सीमामा लडाइँपछि ठूलो सङ्ख्यामा बिरामी आएको’ बताएको छ ।

Advertisement

आइतबार साँझ १७ बिरामीलाई कुटपालोङ अस्पतालमा भर्ना गरिएको एमएसएफले बताएको छ । उसले बिरामीहरूको राष्ट्रियताका बारेमा थप जानकारी दिएको छैन । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले छिमेकी म्यान्मारको अशान्त रखाइन राज्यका कम्तीमा १४ सीमा अधिकारी विद्रोही अराकान सेना (एए) का लडाकू अगाडि बढ्नुअघि ‘आत्मरक्षाका आफूहरूको क्षेत्रमा प्रवेश गरेको बताए ।

यद्यपि बंगलादेशको निजी प्रसारक च्यानल २४ ले सीमा रक्षकको सङ्ख्या धेरै भएको बताएको छ । च्यानलले कम्तीमा ६६ जना अधिकारीले शरण मागेको र तीमध्ये १० जना घाइते भएको बताएको छ । सन् २०२१ को सैन्य विद्रोहपछि एए लडाकूहरूले ठूलो स्तरको युद्धविराम भंग गरेसँगै बंगलादेशसँगको २७० किलोमिटरको सीमा र उत्तरमा छिमेकी भारतनजिकै म्यान्मारका केही भागमा नोभेम्बरपछि लगातार झडप भएका छन्।

Advertisement

अक्टोबरमा एए विद्रोही तथा अन्य जातीय अल्पसङ्ख्यक लडाकूहरूसहितको गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनिया सीमामा महत्त्वपूर्ण व्यापारिक केन्द्रमाथि कब्जा गरेको थियो।गत महिना गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको थियो तर लडाइँ जारी भएको बङ्गलादेशी र भारतीय सीमा नजिकैका क्षेत्रहरूमा उक्त युद्धविराम लागु हुँदैन ।

सीमा नजिकै बस्ने बंगलादेशी गाउँलेहरूले उनीहरूलाई युद्ध फैलिने डर भएको बताएका छन् । एमएसएफले हिंसाबाट प्रभावित सीमाका दुवैतर्फ रहने बासिन्दाका लागि चिन्ता व्यक्त गर्दै स्थितिको निगरानी गरिरहेको बताएको छ ।

Advertisement

गृहमन्त्री खानले बङ्गलादेशले आफ्नो सीमामा सुरक्षा बढाएको र सीमा अधिकारीहरूलाई फिर्ता गर्न म्यान्मारसँग सम्पर्क गर्ने बताए। ‘हाम्रो सीमामा प्रवेश गर्ने जो कोहीलाई हिरासतमा लिनेछौँ र म्यान्मालाई सुम्पिने छौँ’, उनले भने । बङ्गलादेशमा पहिलादेखि नै करिब १० लाख रोहिङ्ग्या शरणार्थी छन् । उनीहरूलाई सन् २०१७ मा सैन्य कारवाहीमा म्यान्मारबाट लखेटिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top