अमेरिकामा कतै आँधी, त कतै डढेलो

२३ माघ, एजेन्सी ।

Advertisement

चिलीमा लागेको डढेलोका कारण अहिलेसम्म कम्तीमा ११२ जनाको मृत्यु भएको छ । सयौं घरहरू जलेर नष्ट भएका छन् । सुख्खा मौसम र तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेपछि देशको मध्य र दक्षिणी भागमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

Advertisement

शनिबार अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउने मार्ग प्रशस्त गर्दै तत्काल ‘विपत्तिका कारण आपतकालीन अवस्था’ को घोषणा गरेका थिए ।

Advertisement

चिलीको मध्य तटीय क्षेत्रमा पर्ने भाल्पाराइसो पर्यटकीय क्षेत्रको भिना डेल मार सहरमा बाक्लो खैरो धुवाँको कारण त्यहाँका बासिन्दाले श्वासप्रश्वासमा कठिनाइको महशुस गरेपछि शहरबाट सुरक्षित स्थलतर्फ भाग्न बाध्य भएका छन् । डढेलो ४० हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ ।

डढेलको कारण ठूलो क्षेत्रको वन नष्ट हुनुको साथै कैयौँ वन्यजन्तु तथा पक्षी मरेका छन् । बढ्दो तापक्रम र तीव्र गतिको बतासका कारण डढेलो नियन्त्रणमा समस्या भैरहेको चिलीका अधिकारीहरुले बताएका छन् । एल निनो मौसमी घटनाका कारण दक्षिण अमेरिकाको दक्षिणी भागलाई प्रभावित गर्ने ग्रीष्मकालीन गर्मी र खडेरीका कारण डढेलो लागेको हो ।

वैज्ञानिकहरूले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि जानकारी गराएका छन् । चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताएका छन् । उता संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भने हिउँदे आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

दक्षिणी क्यालिफोर्नियाका आठ काउन्टीहरूमा आँधीका कारण आपतकालीन अवस्थाको घोषणा नै भएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार हिउँदको आँधीले राज्यको धेरै भागमा उच्च हावा, क्षति पु¥याउने वर्षा र भारी हिमपातको साथ प्रभाव पार्न थालेपछि राज्य सरकारले यो निर्णय लिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top