×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

संसद क्यालेण्डरः पहिलो गाँसमै ढुंगा

२३ माघ २०८०

२३ माघ, विराटनगर ।

सोमवारदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु भएको छ । नेपालको संसदीय अभ्यासमै पहिलोपटक प्रतिनिधिसभा र राष्ट्रियसभालाई क्यालेण्डर बनाएर चलाउने निर्णय गरिएको छ । दुवै सदनले माघ र फागुन महिनाका लागि क्यालेण्डर सार्वजनिक गरेका छन् ।

Advertisement
Advertisement

तर पहिलो गाँसमै ढुंगा भने जस्तै यसअघि अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएको संसदलाई व्यवस्थित गर्न पहिलोपटक बनाइएको कार्यतालिकामा पनि एक महिनामा जम्मा पाँच दिन मात्रै बैठक सञ्चालन गर्ने उल्लेख छ ।

सार्वजनिक क्यालेण्डर अनुसार माघमा जम्मा दुई दिन प्रतिनिधिसभाको बैठक बस्ने उल्लेख छ । भने फागुनमा पाँच दिन मात्रै बैठक बस्नेछ । माघमा सोमबार अधिवेशनको पहिलो बैठक बसेपछि अब भोली बुधबार बस्नेछ ।

फागुनमा ६, १०, ११, १३ र १४ गते मात्रै बैठक बस्ने क्यालेण्डरमा जनाइएको छ । संसदका कार्यवाहक महासचिव पदम पाण्डेले हप्तामा तीन दिन फुल हाउसको बैठक र तीन दिन विषयगत समितिको बैठक बस्ने गरी कार्यतालिका बनाउने बताए पनि त्यसलाई अनुशरण गरिएको छैन ।

यस्तै विपक्षी एमालेका सांसद ठाकुर गैरेले महिनाभरमा जम्मा पाँच दिन बैठक बस्ने गरी तयार पारिएको क्यालेण्डर पनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । सोमबार संसद बैठक पछि उनले भने, ‘क्यालेण्डर त महिनामा जम्मा पाँच दिन बैठक बस्ने गरी बनेछ ।

त्यो पनि कार्यान्वयन कसरी होला?’ महिनाभरमा जम्मा पाँच दिन बैठक बसे पनि सांसदहरुले महिनाभरिकै पारिश्रमिक पाउनेछन् । खैर अब बुधबार प्रतिनिधि सभाको आगामी बैठक बोलाइएको छ । भोलिको बैठकमा दलका शिर्ष नेताहरुले बोल्ने सम्भावित कार्यसूचि रहेको छ ।

विधेयक अधिवेशनको रुपमा रहेको यस हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार दुवै छन् । किनभने संविधान कार्यान्वयनसँग जोडिएका कयौँ विधेयकहरु पारित हुन सकेका छैनन । यस अधिवेशनमा प्रश्तुत हुनका लागि सांसदहरुले पनि आ–आफ्नो प्रकारको तयारी गरिरहेका छन् ।

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले विकास निर्माणका कामहरु अस्तव्यस्त भएको र सुशासन कायम हुन नसकेको भन्दै यसतर्फ आफूले आवाज उठाउने बताएका छन् । उनले राष्ट्रिय हितका सवालहरु ओझेलमा परेका भन्दै यो विषयलाई पनि प्राथमिकता दिने बताए ।

उनले भने, ‘सम्पूर्ण विकास निर्माणका काम अस्तव्यस्त छ । सुशासनको क्षेत्रमा भन्नुहुन्छ भने ९९ वर्षलाई पुरातात्विक क्षेत्र नै कुनै व्यक्तिका नाममा दिने सम्मका षड्यन्त्र भएका छन् । देशको सम्पती लुट्ने काम भएको छ । सरकार यति धेरै लुटमा उत्रियो कि सरकारले लुटहरुलाई संरक्षण गर्ने मात्रै होइन आफैँ संलग्न भएर लुटमा आएको छ ।

त्यसो भएको हुनाले देशको रक्षाको लागि पनि हामी बोल्नुपर्ने छ । हाम्रो राष्ट्रिय हितका सवालहरु अहिले असाध्यै ओझेलमा परेका छन् । हामी छिमेकीहरुसँग विभिन्न राष्ट्रहरुसँग राष्ट्रिय हित विपरित सम्झौता गर्दै अगाडी बढेका छौँ। यस कुरालाई पनि सघन ढंगले उठाउँछौँ।’

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस अधिवेशनमा कानूनहरु बनाउनका लागि आफ्नो विशेष भुमिका रहने बताएका छन्। उनले जनताको जिवनसँग जोडिएका सरोकारका विषयहरुमा पनि पहरेदारी गर्ने बताए ।

उनले भने, ‘विगतमा चाहेर पनि हामीले राजनीतिक पार्टीको हिसावमा, संविधानमा व्यवस्था भएका कुराहरु, जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा हामीले चाहेर पनि सरकारका कारणले धेरै विधेयक आउन सकेन । यद्यपी हामीले सधैँ प्रयास ग¥यौँ। त्यो खालको पहलकदमी हामीले लियौ। विधेयक थोरै आयो।

तर राष्ट्रिय स्वतन्त्र पार्टीको भुमिका महत्वपूर्ण थियो । यो अधिवेशनमा अझ विशेषगरी हामी एकातिर कानून बनाउने, त्यसमा विशेष भुमिका खेल्ने । अर्कोकुरो दिनानुदिन जनताको जीवनसँग जोडिएका कुराहरु, महंगी लगायतका यावत कुराहरुमा हामी एकदमै राम्रोसँग पहरेदारी गर्नेछौँ।’

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि संसदमा जलवायु परिवर्तनका असरहरुको सम्बन्धमा कुरा उठाउने तयारी रहेको बताए । उनले तराईमा पानीको सतहमा समेत असर परिरहेको भन्दै यसतर्फ संसदमार्फत ध्यानाकर्षण गराउने बताए ।

उनले चुरे संरक्षण नभइरहेको र भुमाफियाहरुको चलखेल भइरहेको भन्दै यो विषयलाई पनि मुद्दा बनाउने बताए । यस्तै नेकपा (एमाले) का सांसद सूर्यप्रसाद ढकालले सरकारले राष्ट्र र जनताप्रति जवाफदेही भएर काम गर्न नसकेकाले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने बताएका छन् ।

उनले धेरैभन्दा धेरै कानुनहरु बनाउनका निम्ति सरकारलाई दबाब दिने जनाए । सामाजिक सद्भाव र सामाजिक एकता खल्बल्लिइरहेको भन्दै उनले यस विषयमा पनि बोल्ने बताए । यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सरकारले ल्याउने महत्वपूर्ण विधेयकहरुलाई पारित गर्न सशक्त भुमिका खेल्ने बताए ।

उनले जनजिविका र सार्वजनिक महत्वको विषयमा पनि आवाज उठाउने बताए। भ्रष्टाचारको विषयमा पनि आफूले कुरा उठाउने उनको भनाई छ ।नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले जनताको पक्षमा कानून बनाउन भुमिका निर्वाह गर्ने बताए ।

उनले कानून निर्माणको निम्ति जनताले महशुस गर्नेगरी काम गर्ने बताए । सांसदहरुले आकस्मिक, शुन्य र विशेष समयहरुमा जनताको जनजीविकामा परेका समस्याहरु, राष्ट्रिय राजनीतिका विषयमा लगायत समसामयिक विषयमा आवाज उठाएर सरोकारवाला पक्षलाई घच्घच्याउने पनि बताएका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका छन् ।

चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसदमा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रह गरेको माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरीले जानकारी दिइन् ।

यस्तै प्रचण्डले टीआरसीलगायत विधेयक सहमति नभए प्रक्रियाबाट पारित गरिने बताएका छन् । हिउँदे अधिवेशनमा संसद्मा टेबल भएका सबै विधेयक पारित गर्न पहल गरिने उनले बताए । “योपटक संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न आवश्यक ऐन सबै पारित हुन्छ ।

सकेसम्म सर्वसम्मत नभए प्रक्रियामा गएर पास गर्छौँ,” उनले भनेका छन् । यस्तै प्रचण्डले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलले दाबी गर्ने पनि बताएका छन् । राष्ट्रियसभा अध्यक्षमा सबैभन्दा ठूलो दलको हैसियतले आफ्नो दलको दाबी रहने उनले जनाए ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने सार्वजनिक भइरहेका बेला माओवादी अध्यक्ष तथा प्रधानमन्त्रीले खुलेरै आफ्नो दलको दाबी प्रस्तुत गरेका हुन् । राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदै छ ।

संसदको हिउँदे अधिवेशन सुरु भएसंगै दलहरुले आआफ्नो बैठक राखेर तयारीमा जुटेका छन् । आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न पनि निर्देशन दिएका छन् । दलहरुको यो तयारी हेर्दा अबको अधिवेशनबाट संसदमा थाँती रहेका विधेयकहरु पारित हुनेमा तपाइँ कत्तिको विश्वस्त हुनुहुन्छ?

Advertisement
Advertisement

आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top