बेलायतका राजा थलिए, राजकुमारले लिए जिम्मेवारी

२५ माघ,एजेन्सी ।

बेलायतमा ७५ वर्षीय राजा चार्ल्स तृतीय क्यान्सरका कारण बिरामी परेपछि राजकुमार विलियमले शाही जिम्मेवारी सम्हालेका छन् । उनी चालर््सका जेठा छोरा हुन्, जो भावी राजासमेत हुन् । बेलायतमा जेठो सन्तान राजा वा रानी बन्ने व्यवस्था छ । चार्ल्सअघि उनकी आमा एलिजाबेथ रानी थिइन् ।

बुबा बिरामी परेपछि राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारी सम्हालेका हुन् । राजा चार्ल्सले आफ्नो उपचार चलिरहेकाले छोरा विलियमलाई थप शाही जिम्मेवारी सुम्पिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । राजा चार्ल्सको क्यान्सरको उपचार चलिरहेको छ ।

Advertisement

उनकी श्रीमती पनि शल्यक्रियापछि आराम गरिरहेकी छन् । यो अवस्थामा राजा चार्ल्सले राजकुमार विलियमलाई शाही जिम्मेवारी दिएका हुन् । ४१ वर्षीय राजकुमार विलियमले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिन र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए ।

राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किएका हुन् । उनले आफ्नो बुबाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ ।

Advertisement

उपचारका क्रममा राजा चार्ल्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चार्ल्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्नेछन् । राजा चार्ल्सलाई कुन प्रकारको क्यान्सर भएको हो भन्ने चाँही खुलेको छैन । सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएपछि उनले नेतृत्व सम्हालेका थिए ।

शासनसत्ता सम्हालेको १७ महिनापछि उनलाई स्वास्थ्य समस्या रहेको पत्ता लागेको थियो । राजा चार्ल्स का कान्छा छोरा ह्यारी भने शाही पदवी त्याग गरी आफ्ना परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

सम्बन्धित समाचार

Scroll to Top