नोबेलमा जटिल ब्रेन ट्यूमरको सफल शल्यक्रिया

२४ माघ ८०, बिहीबार

२५ माघ,विराटनगर ।

ब्रेन ट्यूमरु सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्यूमर भएका मानिसको पीडा, घर परिवारमा आई पर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप विरामीको उपचार सफल होला नहोला भन्ने डर । बयस्क र बृद्ध अवस्थाका विरामी भन्दा पनि कम उमेरका विरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा ।

यस्तै पीडादायक अवस्थामा बाच्न बाध्य कटहरी गाउँपालिकाका एक रिसिदेव परिवारका १० बर्षिया बालिकाको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ ।

Advertisement

विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरिरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओच्छ्यान मै बेहोस रहेकी १० बर्षिया दिपिका ऋषिदेबलाई उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आकस्मिक कक्षमा ल्याइएको थियो ।

Advertisement

विरामीको परीक्षणको क्रममा सिटि स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिने तर्फ ठूलो आकारको ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो ।“विरामीको बुबा आमाले विरामीको अवस्थाको कारण आष मारिसकेका थिए” उपचारमा संलग्न प्रमुख न्यूरो सर्जन प्रा डा एडमण्ड जोनाथानले भने ।

उनका अनुसार नोवेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर विरामीलाई ल्याएका रहेछन् । आर्थिक अवस्था पनि कमजोर र विरामीको अवस्था दिनानुदिन विग्रदै गएको कारण उनीहरुले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् ।

विरामीको अवस्था र उपचारको बारेमा विरामीको अभिभावक संग छलफल पछि विरामीको उपचार अगाडि बढ्यो । विरामीको उपचारमा अस्पतालबाट छुट समेत उपलव्ध गरिएको उनले बताए ।

शल्यक्रिया र उपचारमा संलग्न न्यूरो सर्जन डा। प्रमोद चौधरीले भने शरिरको अङ्ग चलाउने दिमागको भागमा नै ठूलो ट्यूमर पलाएको कारण विरामीको देब्रे भाग कमजोर हुन गएको थियो ।

शल्यक्रिया पछि विरामीको अवस्था ठिक छ तर देब्रे भाग अहिले अलि कमजोर छ । रिहाविलिटेशन चलिरहेको छ । विस्तारै सामान्य अवस्थामा आउनेमा हामी ढुक्क छौं ।

विरामीको उपचारको सम्बन्धमा कुराकानी गर्दै विरामीको बुबाले भने “पहिला मेरो छोरी अन्तिम अवस्था पुगिसकेको थियो । एक साइडको पुरै नचल्ने । धेरै ठाँउ देखायौं तर कही निको भएन । नोबेलले हामीलाई धेरै सहयोग ग¥यो । यहाँ आए पछि अपरेशन सक्सेस भयो । अहिले मेरो नानीले हिड्ने, खाने, बस्ने गर्न थालेको छ । अस्पतालले डिस्काउण्ट पनि दिएको छ ।”

डा जोनाथानका अनुसार बालबालिकामा टाउको दुखी रहने उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै अस्पतालमा गई न्यूरोलोजी वा न्यूरोसर्जरी विभागमा देखाउनु पर्दछ ।

त्यस्तो विरामीहरुको सिटि स्क्यान गर्न जरुरी हुन्छ । अहिलेको अवस्थामा न्यूरो सर्जरी सुरक्षित छ । न्यूरो सर्जरीको सक्सेस रेट ९० देखि ९७ प्रतिसत सम्म रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top