साफको फाइनलमा पनि ११–११ गोल, उपाधि बाँडियो

२५ माघ ८०, शुक्रबार

२६ माघ,एजेन्सी ।

घरेलु टिम बंगलादेशले रेफ्रीबाट भएको टसको निर्णय नमानेपछि साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि बाँडिएको छ । बिहीबार बंगलादेशको ढाकामा भएको फाइनलमा घरेलु टिम र भारतले खेलको निर्धारित समयमा १–१ को बराबरी खेलेका थिए । यसपछि खेल पेनाल्टीमा पुगे पनि टाइब्रेकरमा ११–११ को बराबरी भएको थियो ।

निर्धारित समय र पेनाल्टीमा पनि खेल बराबर भएपछि खेलको मुख्य रेफ्रीमा रहेकी नेपालकी अञ्जना राईले क्वाइन टसबाट उपाधि विजेताको छिनोफानो गरेकी थिइन् । राईले टस गर्दा भारत भाग्यशाली बन्दै विजेता चुनिएको थियो । तर, रेफ्रीको निर्णयप्रति असन्तुष्ट बनेको बंगलादेशले नतिजा अस्वीकार गरेपछि करिब अढाई घण्टासम्म पुरस्कार वितरण हुन सकेन ।

Advertisement

खेलका म्याच कमिस्नरले पहिले नतिजाका लागि टस गर्ने निर्णय गरे पनि पछि उक्त निर्णय फिर्ता लिँदै दुवै टिमलाई संयुक्तरूपमा विजेता घोषणा गरिएको थियो । खेलको निर्धारित समय १–१ र सडनडेथ ११–११ को बराबरीमा समाप्त भएपछि म्याच कमिस्नरले विजेताको टुंगो लगाउन टस गर्ने निर्णय गरेका थिए ।

तर, नियमअनुसार सडन डेथ निरन्तर हुने भएको हुँदा बंगलादेशले विरोध गरेको थियो । पछि म्याच कमिस्नरले पनि नियमअनुसार टस नहुने थाहा पाएपछि भारतसँग माफी माग्दै दुवै टिमलाई विजेता घोषणा गरेका हुन् । फेब्रुअरी २ देखि सञ्चालित यस प्रतियोगितामा कुल चार देशको सहभागिता थियो ।

सिंगल राउन्ड रोबिन पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको यस संस्करणमा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता थियो । नेपाल भने दुई हार र एक जित हात पार्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

अन्तिम खेलमा भारतसँग ४–० गोलले पराजित भएको नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई १–० ले हराएको थियो । नेपालसँगै भूटान बाहिरिँदा बंगलादेश र भारत फाइनल पुगेका थिए । यसअघि भारत २०१९,२२ र २३ मा पनि यो उपाधि जितेको थियो भने नेपाल २०१५ र १७ मा च्याम्पियन बनेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top