शिक्षाक्षेत्रको सुधारका लागि विराटनगरमा दबाब यात्रा

२५ माघ ८०, शुक्रबार

२६ माघ,विराटनगर ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शुक्रबार विराटनगरमा शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी दबाब यात्राको आयोजना गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा एवम् जानकी प्रदेश संगठन सचिव एवम् केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने लगायतको सहभागितामा परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाक्षेत्रको समग्र सुधारका लागि विद्यार्थी दबाब यात्राको आयोजना गरिएको हो ।

Advertisement

दबाब यात्रामा न्यौपानेसहित परिषद्का राष्ट्रिय सचिव विवश कटुवाल,परिषद्की कोशी प्रदेश सहसचिव मुना बिष्ट परिषद्का सदस्य एवम् विराटनगरका १४ वटा शैक्षिक संस्थाहरूबाट १२ सयभन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको परिषद्का विराटनगर महानगर कमिटिका उपसचिव अभिषेक पोखरेलले जानकारी दिए ।

Advertisement

विद्यार्थी दबाब यात्रालाई सम्बोधन गर्दै परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख न्यौपानेले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाको आधारमा गरिने गलत परिपाटीले शिक्षाक्षेत्र धारासायी भएकोले शिक्षाक्षेत्रको दलीय राजनीति भागबन्डाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले प्रवेश, परीक्षा परिणाम पात्रो, परिसर, प्रश्नपत्र एवम् पाठ्यक्रम, मूल्याकंन पद्धति र शिक्षण विधिमा सुधार गर्नुपर्ने, माध्यमिक तहको शिक्षा अनिवार्यरूपमा निःशुल्क गरिनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाइ प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्ने नीति अवलम्बन गरिनुपर्ने, क्याम्पस , विश्वविद्यालयहरूमा महापुरुष, नेपालको इतिहास, भाषा, संस्कृति आदि पाठ्यक्रममा समावेश हुनुपनेृमा विशेष जोड दिएका छन् ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव कटुवालले शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने साथै सरकारी कर्मचारीको बालबालिकालाई पनि सरकारी बिद्यालयमा पढ़ाउनु पर्ने र शैक्षिक स्तर सुधार हुनुपर्नेमा जोड दिएका थिए । शैक्षिक क्षेत्रलाई राजनीति मुक्त क्षेत्र वनाई शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्धेश्यसहित २०५२सालमा स्थापना भएको परिषद्मा अहिले ४० हजार सदस्य रहेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top