देव खनाल बने उत्कृष्ट युवा खेलाडी

२८ माघ ८०, सोमबार

२९ माघ , एजेन्सी ।
पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड एट्लेटिक्सका चन्द्र गुरुङलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करण अन्तर्गत शीर्ष तीनको मनोनयनमा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पार्दै उनले अवार्ड पाएका हुन् ।

उनको प्रशिक्षणमा १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णपदक जितेको थियो । त्यस्तै, उनकै प्रशिक्षणमा बङ्गबन्धु शेख मुजिव ढाका म्याराथनमा पनि नेपालले एक स्वर्ण र २ कास्यपदक जितेको थियो । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ ‘टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

६९ वर्षीय उनले ५५ वर्ष भारोत्तोलनको विकासका लागि उल्लेखनीय योगदान गरेका छन्। वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड क्रिकेटका देव खनाललाई प्रदान गरिएको छ । मनोनयनको शीर्ष तीनमा रहेका एट्लेटिक्सका राममाया बुढा र बक्सिङका सुष्मा तामाङलाई पछि पार्दै राष्ट्रिय टोलीका ब्याट्सम्यान देवले युवा खेलाडीको पुरस्कार जितेका हुन् ।

Advertisement

खनालकै नेतृत्वमा नेपालको युवा टोलीले आठ वर्षको प्रतीक्षापछि आईसीसी यू–१९ क्रिकेट विश्वकपमा सहभागिता जनाएको थियो । उनकै नेतृत्वको टोलीले एशिया क्षेत्रीय छनोटको च्याम्पियन भएर प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो । पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले ‘स्पेशल अवार्ड’ प्राप्त गरेका छन् ।

उनले चार दशक अघिदेखि पोखरामा भएका विभिन्न खेल गतिविधिका तस्बिर खिच्दै आएका छन् । मध्यम तथा लामो दूरीकी धाविका राजपुरा पछाइले उत्कृष्ट महिला खेलाडीको उपाधि पाइन् । उनले एशियाली क्रसकन्ट्रीको महिला १० किमी र ‘टिम इभेन्ट’मा दुई रजत पदक जितेकी छिन् ।

Advertisement

पछाइले मनोनयनको शीर्ष तीनमा परेका धाविका पुष्पा भण्डारी र राष्ट्रिय महिला बास्केटबल टिमकी उपकप्तान अनुशा मल्ललाई पछि पार्दै उपाधि जितेकी हुन् । यसैगरी वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि एट्लेटिक्सका दीपक अधिकारीले पाएका छन् । उनले शीर्ष तीनको मनोनयनमा परेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पारेका हुन् ।

टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले ‘पिपल्स च्वाइस अवार्ड’ प्राप्त गरे । पिपल्स च्वाइस मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा धेरै मत पाएर उनले यो अवार्ड जितेका हुन्। अवार्डको मनोनयनमा फुटबलर अनन्त तामाङ, भलिबलका निरुता ठगुन्ना, करातेका विप्लबलाल श्रेष्ठ र बडिविल्डिङकी रजनी श्रेष्ठ थिए । पारा ओलम्पियन मैया विशुङ्खेले पारा एथलिट सम्मान हासिल गरेका छन् ।

एट्लेटिक्समा अब्बल उनी सन् २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा सहभागी भएकी थिइन्। त्यतिबेला नै उनले स्वर्णपदक जितेकी थिइन् । यसैगरी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घ (एआईपीएस) को युवा पत्रकार प्रशिक्षण कार्यक्रम वाइयसआरका प्रमुख मेन्टर हङकङ स्पोर्टस् प्रेस एशोसिएसनका अध्यक्ष रेमन्ड एशियाली खेलकुद पत्रकार सम्मानबाट सम्मानित भए । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कारस्वरुप पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै, अन्य विधाका विजेताले भने जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top