×

NEPAL TIMES UPDATES

Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026

सोझै विश्वकप छनोट खेल्न नेपालले के गर्नुपर्छ ?

१ फाल्गुन २०८०

१ फागुन,विराटनगर ।
आइसीसी क्रिकेट विश्वकप लिग २ सिरिज नेपालबाट सुरु हुँदैछ । विहीबार नेपाल र नामिबिया आमनेसामने भएसंगै लिग २ को २०२४–२७ को चक्र सुरु हुँनेछ । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग–२ र टि२० त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

जेरार्ड एरास्मसको कप्तानीमा नामिबियाले बलियो टोली घोषणा गरेको छ । टोलीमा दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका स्टार अलराउन्डर डेविड विजा भने समावेश छैनन् ।

Advertisement
Advertisement

टोलीमा अन्य अधिकांश खेलाडी भने पछिल्लो पटक नेपाल भ्रमणमा आएका नै छन् । नामिबियाले भर्खर सम्पन्न यू १९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका युवा बलर ज्याक ब्रेसललाई टोलीमा समेटेको छ । उनले नामिबियाबाट यसअघि नै टि२०आई खेलिसकेका छन् ।

नेपालको टोलीमा आरिफ शेख, भीम सार्की, देव खनाल, कुशल भुर्तेल, रोहित पौडेल, अनिलकुमार साह, विवेक यादव, दिपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, पवन सर्राफ, रिजन ढकाल, आसिफ शेख, अर्जुन साउद, गुल्सन झा, ललित राजवंशी, प्रतिस जिसी, सोमपाल कामी र सुर्य गुरुङ रहने छन् ।

यो प्रतियोगिताका लागि १५ सदस्यीय स्क्वाड पहिल्यै घोषणा गरिएको थियो । उक्त स्क्वाडमा अनिल साह छैनन् । क्यानडाविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका देव खनाल पनि अनुपस्थित छन् । उनीहरू दुवैलाई रिजर्भमा राखिएको छ ।

लिग २ का लागि प्लेइङ ११ को छनोट गर्दा नियमित स्क्वाडमा रहेका १५ जनाभित्रबाट गर्नुपर्छ । उनीहरूमध्ये कोही खेलाडी घाइते भएको वा अरू विशेष कारणले खेल्न नसक्ने भएमा मात्रै रिप्लेसमेन्ट गरेर रिजर्भका खेलाडीलाई समावेश गर्न सकिन्छ ।

त्यसैले सामान्य अवस्थामा अनिल र देवले लिग २ खेल्न पाउँदैनन् । तर, उनीहरूले क्यानडाविरुद्ध गरेको प्रदर्शनका कारण दुवैलाई मुख्य स्क्वाडमा समावेश गर्नका लागि आइसीसीलाई क्यानले पत्राचार गरेको छ ।

तीन वर्षको अवधिमा ८ टोलीबीच हुने २४ त्रिकोणात्मक सिरिजले सन् २०२७ को विश्वकपअघि ग्लोबल क्वालिफायर्स खेल्ने बाटो खोल्नेछ । सन २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा हुँदैछ ।

क्यानडा, ओमन, स्कटल्याण्ड, यूएई, नेपाल, अमेरिका र नेदरल्याण्डसले लिग २ मा प्रतिस्पर्धा गर्दैछन् । यीमध्ये शीर्ष चारमा पर्ने टोलीले विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछन् । यो लिगको वरीयतालाई पनि आइसीसीले एकदिवसीय मान्यताको आधार बनाउने गरेको छ ।

पछिल्लो संस्करणमा पनि नेपालले विश्वकम क्वालिफायर्स खेलेको थियो । उक्त क्वालिफायर्सबाट जिम्बावे, आयरल्याण्ड, वेष्ट इण्डिजजस्ता टेस्ट राष्ट्र विश्वकपमा छनोट हुन नसक्दा एसोसिएट टोली नेदरल्याण्डस् छनोट हुन सफल भएको थियो ।

आईसीसीले २०२७ सम्म चल्ने लिग–२ को शीर्ष चार टोली सोझै विश्वकप छनोट खेल्न पाउने बताएको छ । २४ वटा त्रिकोणात्मक सिरिजमा कुल १४४ खेल हुनेछन् । जसबाट शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका चार टोलीले विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

विश्वकप च्यालेन्ज लिगबाट आउने शीर्ष चार टोलीसँगै पुन विश्वकप छनोटमा पुग्न प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्लेअफबाट भने एक टोलीमात्रै पुन विश्वकप छनोटमा पुग्नेछ । यसअघि २०१९ देखि २०२३ सम्मको लिग २ मा ७ टोलीको सहभागिता थियो ।

नेपाल, स्कटल्यान्ड र ओमानले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेलेका थिए । तर यसपटक नेदरल्यान्ड्स पनि लिग २ मा आएको छ । नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो ।

लिग–२ मा क्यानडा, नामिबिया, नेपाल, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका छन् । क्यानडा च्यालेन्ज लिगबाट प्लेअफ हुँदै ओडीआई मान्यता फिर्ता गर्दै आएको हो ।

विश्वकप छनोटमा लिग– २ का शीर्ष चार टोली, प्ले अफबाट आउने ४ टोली र ओडीआई वरियताबाट छनोट नभएका टोलीले प्रतिस्पर्धा गर्नेछन् । आईसीसीका अनुसार विश्वकप छनोटबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

आइसीसीका हेडअफ इभन्ट क्रिस टेट्लेले लिग २ क्रिकेट क्यालेन्डरको महत्वपूर्ण हिस्सा भएको भन्दै त्यसले टी २० विश्वकपका लागि पनि सहयोग पुर्याउने बताएका छन् । लिग २ खेलिरहेका धेरै टोली अमेरिका र वेष्ट इण्डिजमा हुने आउँदो टी २० विश्वकप पनि खेल्दैछन् ।

लिग २ सिरिजले एकदिवसीय खेलहरुसंगसंगै टी २० म्याचहरु प्नि अघिपछि गर्ने अवसर दिन्छ, उनले भनेका छन् । टेट्लेले भनेजस्तै नेपालले पनि लिग २ मा नामिबिया र नेदरल्याण्डससंग एकदिवसीय खेल खेलेपछि टी २० फम्र्याटमा पनि सिरिज खेल्ने तयारी गरेको छ ।

विश्वकप नजिकिँदै गर्दा टी २० फम्र्याटमा ढल्न नेपाललाई यसले सहयोग गर्ने देखिन्छ । यसैबीच नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले क्यानडासंगको खेलमा क्लिनस्वीपसंगै लिग २ अघि नेपालको कन्फिडेन्ट उच्च रहेको बताएका छन् ।

पौडेल भन्छन्, टी २० विश्वकप सुरु हुन चार महिना भन्दा कम समय छ र एकदिवसीय विश्वकप २०२७ को छनोट प्रक्रिया पनि सुरु भइसकेको छ । यो हाम्रो लागि उत्साहजनक छ ।लिग २ मा नेपालको पहिलो सिरिजको खेल तालिका अनुसार फागुन ३ गते नेपालले नामिबियासंग खेल्नेछ ।

त्यसपछि फागुन ५ गते नेदरल्याण्ड्ससंग खेल्नेछ । फागुन ७ गते भने नेदरल्याण्डस् र नामिबिया भिड्नेछन् । फागुन ९ गते फेरि नेपाल भर्सेस नामिबिया, ११ गते नामिबिया भर्सेस नेदरल्याण्डस्, १३ गते नेपाल भर्सेेस नेदरल्याण्ड्स बीचको खेल तय भएको छ ।

Advertisement

नेपालले खेल्न लागेका यी खेलहरुमा तपाईका सुझाव, टिप्पणी भए अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top