Nepal Times
Nepal Times
3
Shares

पाथीभरा एड्भरटाइजिङ दशौं वर्षमा प्रवेश

पाथीभरा एड्भरटाइजिङ दशौं वर्षमा प्रवेश

२ फागुन, विराटनगर । कोशी प्रदेशको इटहरी उपमहानगरपालिकामा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालि दशौं वर्षमा प्रवेश गरेको छ ।

यस्तै पाथीभरा जब लिङ्क चौथो वर्ष पूरा गरेर पाँच वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।

श्रीपञ्चमीको अवसर पारेर उद्घाटन भएको १० वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमको आयोजना गरेको छ।

प्रालिका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भरटाईजिङ्ग र पाथीभरा जब लिङ्कप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यमहरू, कर्मचारी एव शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन् ।

पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ भने एडभरटाइजिङले कोशी प्रदेशमा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।

आगामी दिनमासमेत विज्ञापनको क्षेत्रसँगै बेरोजगारी निरुत्साहित गर्न कम्पनीले थप योजनासहित काम गर्ने प्रबन्ध निर्देशक अधिकारीले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.