मन्त्रीको हातमा पोछा, परिवर्तन कि स्टण्ड ?

३ फागुन ८०, शुक्रबार

४ फागुन, काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती काम गरेर र नगरे वर्तमान सरकारका मन्त्रीहरु मध्ये चर्चामा रहेका मन्त्री हुन् । उनी प्रधानमन्त्रीको भारतभ्रमण उपलब्धिहीन भएको अभिब्यक्तिसहित, लुम्बिनीमा ल्यारक्याल नियुक्ति प्रकरण, पशुपतिमा कार्यकारी निर्देशक नियुम्क्ति विवाद, जथाभावी जहाज खरिदको टेण्डर, क्रिष्चियन धर्म मोह तथा मन्त्रालयका कर्मचारीहरुलाई मनलाग्दी स्पष्टिकरण सोधेका लगायतका विषयमा विवादमा पर्दै आएका छन् ।

उनीमाथि सत्तारुढ दल तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाटै स्टण्डवाजी गरेको आरोप समेत लागेको छ । पछिल्लो समय मन्त्री किराँतीले आफ्नै कार्यकक्षको सरसफाइ गर्दै गरेको भिडियो सार्वजनिक भएको छ । उनले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियामाउनले बिहानी पख आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन् । बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरिरहँदा नजिकै रहेकी कर्मचारीले सामान सारिरहेको देखिन्छ ।

उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन भनेर कर्मचारीलाई सोधिरहेका देखिन्छन् । कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन् । किरातीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिन्छन् । उनले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्छन् । यस्तो काम गरेको कति भयो भनेर किराँतीले सोधपुछ गरेको देखिन्छ । कर्मचारी भने हाँसिरहेकी देखिन्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top