फेरि बढ्यो पेट्रोल,डिजल र मट्टीतेलको भाउ ,कति पुग्यो ?

३ फागुन ८०, शुक्रबार

४ फागुन,  काठमाण्डौ ।
सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई÷दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ ५० पैसा तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा भएको छ ।

त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजल र मट्टीतेलको भाउ लिटरको १५९ रूपैयाँ पुुगेको छ । यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ तथा डिजल र मट्टीतेलको लिटरको १६० रूपैयाँ पुुगेको छ ।

Advertisement

खाना पकाउने ग्यासको भाउ भने यसअघि जस्तै सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ नै कायम छ । हवाई इन्धनको भाउ पनि यथावत रहेको निगमले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

सम्बन्धित समाचार

Scroll to Top