ज्वालालाई कारबाही गर्न दबाव, एमालेको २४ घण्टे अल्टिमेटम

४ फागुन ८०, शनिबार

५ फागुन,काठमाण्डौ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितले यस्तो माग गरेका हुन् । डेढ महिनाअघि ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ।

मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण घटना भएको निष्कर्ष आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उनलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘तत्काल उहाँलाइ मन्त्री पदबाट बर्खास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ ’, उनले भने, ‘यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाहिँ उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्विकार्य हुने अबस्था रहँदैन ।’

Advertisement

यस सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड पनि २४ घन्टे परीक्षामा परेको उनको टिप्पणी छ । उनले प्रधानमन्त्रीलाई २४ घण्टाको समय दिएर बर्खास्त वा राजीनामा नआए संसद अबरुद्ध हुने सन्देश दिएका छन् । यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ज्वालाले नैतिकता देखाउनुपर्ने बताएक छन् ।

‘इमान र नैतिकता पूर्ण रुपमा मरिसक्यो कि ढुकढुकी बाँकी छ अब हेरौं’, उनको भनाइ छ, ‘सुरक्षाकर्मीलाई कारवाही । मन्त्रीलाई मिलेन यस्तै यस्तै ?’ मन्त्री ज्वाला घटनाको मुख्य जिम्मेवार रहेको प्रतिवेदन आयोगले दिएसँगै ज्वालामाथि कारबाहीको दवाव बढेको छ । उनले राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठेको छ ।

Advertisement

भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा दुई युवकले ज्यान गुमाएका थिए । जाँचबुझ आयोगका एक सदस्यका अनुसार, मन्त्री ज्वाला जानै नमिल्ने एकतर्फी बाटोमा जानु, शान्ति सुरक्षाको चुनौतीलाई स्वीकार नगर्नु, जे पर्छपर्छ भनेर अगाडि बढ्नु र आन्दोलित भीडलाई बेवास्ता गर्नु घटनाको कारक बनेको समितिको निष्कर्ष छ ।

यस्तै घटनाको दिन ज्वालाले मन्त्रीका लागि दिइएको सरकारी सवारी चालकलाई नभई आफ्ना घरेलु सवारी चालकसँग थिए । मन्त्रीका लागि दिइएका चालकलाई लगेको भए पनि उक्त घटनामा सजगता अपनाउन सक्ने आयोगको ठहर छ । किनभने, विशिष्ट पदाधिकारीका सरकारी चालकलाई विभिन्न आपतकालीन अवस्था छल्न र सुरक्षात्मक उपाय अपनाउन तालिम दिइएको हुन्छ ।

यस्तै घटनापछि पनि मन्त्री ज्वाला गैरजिम्मेवार देखिएको आयोगको ठहर छ । आयोगले भनेको छ, ‘त्यत्रो घटना हुँदा पनि मन्त्रीले नैतिक रूपमा कतिखेर पनि जिम्मेवारी लिएनन् । पीएसओको कुरा पनि ध्यान दिएनन्।’ यस सम्बन्धि आयोगले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा प्रहरीको पनि कमजोरी रहेको औंल्याइएको छ ।

ललितपुर प्रहरीका तत्कालीन फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाको पीएसओ बोधराज दनुवारको पनि कमजोरी भएको आयोगले औंल्याएको छ । त्यस दिन मन्त्रीको गाडी जलाउन लागेको सूचनापछि जोगाउन जाने क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावत थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top