कर्फ्यु लगाउनु पर्ने गरी रौतहटमा के भयो ?

५ फागुन ८०, आइतबार

६ फागुन ,काठमाण्डौ ।
रौतहटको इशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ । सरस्वतीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि शनिबार अपराह्न ५ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु यथावत् छ । इशनाथ पूर्व जोकहा गाउँ, पश्चिम सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कर्फ्यु यथावत् रहेको र विवादित पक्षबीच सहमति नभएसम्म कर्फ्यु हटाउने सम्भावना नरहेको बताएका छन् ।

दुई पक्षबीच सहमतिका लागि आज आफूले सबै राजनीतिक दल, नागरिक समाजसहितको सर्वपक्षीय बैठक राख्ने तयारी गरिरहेको उनले बताए । यही फागुन ३ गते सरस्वती मूर्ति विसर्जनका क्रममा विवाद हुँदा इशनाथ नगरपालिकामा झडप भएको थियो ।

Advertisement

सोही विषयमा आइतबार पनि फेरि झडपको स्थिति देखिएपछि स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि त्यहाँ कर्फ्यु लगाएको हो । कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न प्रतिबन्ध लगाइएको जारी कर्फ्यु आदेशमा जनाइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top