एलेक्सी नाभाल्नीको शव सार्वजनिक गर्न किन ढिला गर्दैछ रुस ?

६ फागुन ,एजेन्सी ।

रूसी विपक्षी नेता एवं राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको गत शुक्रबार नै रहस्यमय मृत्यु भएको रुसी अधिकारीहरुले पुष्टि गरेपनि उनको शव भने अझै अज्ञात अवस्थामा छ । रुसी अधिकारीहरुले नाभाल्नीको परिवारलाई उनको अन्तिम संस्कारका लागि पनि शव दिएको छैन । नाभाल्नीका एकजना नजिकका सहयोगी किरा यारमिशका अनुसार नाभाल्नीको शव हालसम्म पनि परिवारलाई जिम्मा लगाइएको छैन ।

नाभाल्नीकी आमा लुडमिलाले जेलका अधिकारीहरूले छोराको शव पोस्टमार्टम लगतै जिम्मा लगाउने भनेपछि हालसम्म जिम्मा नलगाइएको बताएकी छिन् । नाभाल्नीको टिमका अनुसार नाभाल्नीको शव जेल परिसर नजिकैको सेलखार्द सहर पठाइएको छ । तर, त्यहाँ शव लिन जाँदा शवगृह बन्द थियो । जेल अधिकारीहरूका अनुसार नभाल्नीको पहिलोपटक पोस्टमार्टम हुँदा कुनै नतिजा निस्कन सकेन ।

Advertisement

त्यसकारण अब दोहो¥याएर उनको पोस्टमार्टम गरिने तयारी भइरहेको छ । नाभाल्नीको टिमले शव दिनमा रूसी सेनाले जानाजानी ढिलाइ गरिरहेको आरोप लगाएको छ । नाभाल्नी टिमका अनुसार नभाल्नीको मृत्युको प्रमाण नष्ट पार्न रूसी सेनाले शव दिन आनाकानी गरिरहेका छन् ।

शुक्रवार नाभाल्नी आर्कटिक सर्किलको एक जेलमा बिरामी भएको र केहीबेरमै उनको मृत्यु भएको बताइएको थियो । उनको मृत्युको कारणबारे हालसम्म कुनै जानकारी दिइएको छैन । नाभाल्नीलाई दोस्रो पटक पनि विष दिइएको आशंका गरिएको छ । तर रुसले नाभाल्नीलाई विष दिएर मारेको समाचार निराधार भएको बताएको छ ।

Advertisement

बरुउल्टै रुसी अनुसन्धानकर्ताहरूले अनुसन्धान पूरा नभएसम्म नाभाल्नीको शव परिवारलाई हस्तान्तरण नगर्ने बताएका छन् । तर नाभाल्नीका प्रवक्ता किरा यार्मिसले उनको मृत्यु नभईं राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा हत्या गरिएको आरोप लगाएकी छन्।

‘हामीलाई थाहा छ, यो मृत्यु मात्र होइन हत्या हो’, उनले भनिन्, ‘प्रमाण लुकाउन खोजिरहेका छन्, परिवारलाई शव बुझाउँदैनन्, त्यही भएर लुकाइरहेका छन्।’ नाभाल्नीको शव कहाँ छ र कहिले उनको परिवारलाई बुझाइन्छ भन्ने थाहा नभएको यार्मिसले बताइन् ।

उनले रुसी कानूनअनुसार कैदीको शव मृत्यु भएको दुई दिनपछि नै परिवारलाई बुझाउनुपर्ने बताएकी छन् । नाभाल्नीको मृत्युपछि रुससहित विश्वका कतिपय देशमा विरोध प्रदर्शन चर्किएको छ । रुसका विभिन्न शहरबाट सयौ प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ । यस्तै संयुक्त राष्ट्रसंघ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानबिन गर्न आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top