×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एम्बाप्पेले पीएसजी छाड्ने, कहाँ जादैछन् ?

६ फाल्गुन २०८०

६ फागुन ,एजेन्सी ।
फ्रेन्च फुटबलर केलियन एम्बाप्पेले फ्रान्सेली क्लब पीएसजी छाड्ने बताएका छन् । उनले हालै क्लबलाई सिजनको अन्त्यमा आफू बाहिरिने बताएको खबर छ । उनी रियल मड्रिड जाने अनुमान गरिएको छ । सानैदेखि एम्बाप्पेले रियलका लागि खेल्ने इच्छा व्यक्त गर्दै आएका छन् । उनको बहिर्गमनसँगै पीएसजीको ‘सुपर–टिम’ युग समाप्त हुनेछ ।

जसमा लियोनल मेसी, एम्बाप्पे, नेयमार जुनियर जस्ता स्टारहरुको दबदबा थियो । पीएसजी विश्वको सातौँ मूल्यवान फुटबल टोली हो । जसको मूल्य ४.२१ अर्ब डलर रहेको अनुमान छ । तर यो टोली सानो खर्चले तयार भएको थियो । पीएसजीले मेसी, नेयमार र एम्बाप्पेलाई किन्न र तलब दिन मात्र १.३ अर्ब डलर खर्चेको थियो । सुरुमा नेयमारलाई भित्र्याएको थियो ।

Advertisement

२०१७ मा उनलाई २६ करोड डलर तिरेर बार्सिलोनाबाट किनिएको थियो । हालसम्म कुनै पनि खेलाडीलाई तिरिएको यो सबैभन्दा उच्चतम शुल्क हो । पीएसजीमा ६ सिजन रहँदा उनले तलब र बोनसबापत ४१.५ करोड डलर लिए । नेयमार भित्र्याएको महिना दिन नपुग्दै पीएसजीले एम्बाप्पे किन्यो, साढे २१ करोड डलरमा ।

७ सिजन क्लबमा बस्दा उनले ३१ करोड तलब र बोनस कमाए । जसमा यो सिजन उनले पाउने ९ करोड डलर पनि सामेल छ । यो योजनाको अन्तिम कडी थिए मेस्सी । २०२१ मा उनी निशुल्क आइपुगे । यी अर्जेन्टिनी स्टारले क्लबमा दुई वर्ष बिताए । यो अवधिमा उनले १३ करोड डलर कमाए ।

यी तीन हस्तीका अलावा क्लबमा सर्जियो रामोस र मार्को भेरातीजस्ता खेलाडी पनि आए । जसका कारण यो टोलीको तुलनामा २००० को दशकको मध्यतिरको रियल मड्रिडसँग गर्न थालियो। जहाँ डेविड बेक्ह्याम, लुइस फिगो, ब्राजिली रोनाल्डोजस्ता हस्ती थिए । तर, पीएसजीको सुपर टिम अपेक्षा पूरा गर्न असफल भयो ।

क्लबले २०२१ देखि २०२३ सम्ममा दुई वटा लिग १ उपाधि जित्यो तर घरेलु कप जित्न सकेन । च्याम्पियन्स लिगमा त शीर्ष १६ बाट माथि उक्लिन पनि सकेन । यी तीन खेलाडीको तालमेल पनि खास मिलेन । उनीहरु तीन जना एक साथ १०० खेल खेल्न सक्थे। तर, मात्र ३९ खेल खेले । क्लब छाड्ने पहिलो स्टार बने मेसी ।

जुन २०२३ मा सम्झौता सकिएपछि उनी इन्टर मायामी गए । दुई महिनापछि नेयमार साउदी क्लब अल हिलालतर्फ लागे । उनलाई बेच्दा करिब १० करोड डलर पीएसजीले प्राप्त गरेको थियो । एम्बाप्पेले क्लब छाड्ने प्रयास गरेको धेरै भयो । २०२२ मा एम्बाप्पले न्युयोर्क टाइम्सलाई बताएअनुसार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले नै उनलाई पीएसजीमा बस्न फकाएका थिए ।

साउदीको अल हिलालले तलब र ट्रान्सफर मूल्यसहित उनका लागि १.१ अर्ब डलर खर्चिन खोजेको थियो । इङ्गलिस क्लबहरु आर्सनल र लिभरपुल दुवैले उनलाई किन्न खोजेका थिए । पछिल्लो समय साउदी अरबका कारण खेलाडीहरुको तलब अझ बढ्दैछ ।

यस कारण एम्बाप्पेलाई अनुबन्ध गर्ने क्लबले निश्चय नै ठूलो रकम खर्चिनुपर्ने हुन्छ । तर, रियलका लागि यो कुनै समस्या होइन । रियल विश्वकै सबैभन्दा मूल्यावन् क्लब हो । जसको मूल्य ६.०७ अर्ब डलर अनुमान गरिएको छ ।

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top