Nepal Times
Nepal Times
3
Shares

भारतको नयाँ मौसम उपग्रह

भारतको नयाँ मौसम उपग्रह

६ फागुन ,एजेन्सी ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ । मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट हिजो बेलुका उडेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेर जानकारी गराएको छ ।

इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीका लागि डिजाइन गरिएको हो । यसले भूमि र समुद्र सतहहरूको निगरानी गर्नेछ ।

दुई हजार २ सय ७४ किलो तौल भएको नयाँ उपग्रहले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ । यसले पठाउने सूचनाहरु मौसम र विपद् पूर्वानुमानका लागि निकै उपयोगी हुने इसरोले दाबी गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.