बालकुमारी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने !

७ फागुन ८०, मंगलबार

८ फागुन , काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुको लगातार राजीनामा माग भइरहेको छ । जसमा उपप्रधानसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित, यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराती रहेका छन् । ४ मन्त्रीहरुको राजीनामा प्रतिपक्ष दलबाट मात्रै होइन सत्तारुढ दल भित्रैबाट पनि माग गरिएको छ ।

बालकुमारी घटनामा प्रहरीको गोली लागेर दुई युवकको घटनामा नेकपा एकीकृत समाजवादीका नेता तथा यातायात मन्त्री ज्वाला दोषी देखिएको प्रतिवेदन सार्वजनिक भएसँगै उनको चौतर्फी रुपमा राजीनामा माग भइरहेका बेला एकीकृत समाजवादीका नेता सुदेश पराजुलीले बालकुमारी घटनाको सम्पूर्ण दोषी गृहमन्त्री नारायणकाजी श्रेष्ठ भएको आरोप लगाएका छन् ।

Advertisement

माओवादी नेताहरुले समेत मन्त्री ज्वालाले राजीनामा दिनु पर्ने बताइरहेका बेला सामाजिक सञ्जालमार्फत् उनले पहिला श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन् । पुलिसलाई गोली ठोक्ने आदेश कसले दियो ? भन्दै युवा नेता पराजुलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाउन खोजिएकोमा आपत्ति जनाएका छन् ।

प्रतिवेदनमा मन्त्री ज्वालाको गाडी प्रदर्शनस्थलमा प्रवेश गरेपछि प्रदर्शनकारी उत्तेजित भएको र घटनाले उग्र रूप लिएको भन्दै उनलाई ‘मुख्य दोषी’ करार गरिएको भनिएको छ । त्यही आधारमा ज्वालाको राजीनामाको माग भइरहँदा पराजुलीले पहिले गृहमन्त्री श्रेष्ठलाई छानबिनको कठघरामा उभ्याएपछि सत्य तथा तथा निष्पक्ष छानबिन भएका प्रकाश ज्वाला पनि भागीदार बन्नुपर्ने औंल्याएका छन् ।

‘आफैं शान्ति सुरक्षाको बागडोर गृहमन्त्रालयको नेतृत्व गर्ने रोजगारीका लागि भौतारिएका दुई होनाहार युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिला नैतिकता आधारमा राजीनामा दिनु पर्छ’, पराजुलीले भनेका छन् । श्रेष्ठ आफैँ छानबिनको दायराभित्र उभिनुपर्ने व्यक्तिले आफूलाई जोगाउन अनुकुल छानविन समिति बनाएर नाटक मञ्चन गरिएको नेता पराजुलीको टिप्पणी छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top