पुटिनले किमलाई उपहार दिएको कार कस्तो छ ?

८ फागुन , एजेन्सी ।

युक्रेन युद्ध र पश्चिमा राष्ट्रको प्रतिबन्धका कारण विश्वकै नजरमा रहदै आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो विशेष सम्बन्ध देखाउन व्यक्तिगत प्रयोगका लागि रुसी निर्मित कार उपहार दिएका छन् । उत्तर कोरियाको सरकारी मिडियाले मंगलबार यो जानकारी दिएको हो । समाचारमा पुटिनले कुन कार पठाएका थिए र कसरी उत्तर कोरिया लगियो भन्ने कुरा भने खुलाइएको छैन।

यद्यपि पर्यवेक्षकहरूले यो संयुक्त राष्ट्रको प्रस्तावको उल्लङ्घन हुन सक्ने बताएका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार त्याग्न दबाब दिने प्रयासमा विलासिताका सामानहरूको आपूर्तिमा संयुक्त राष्ट्रसंघले समेत प्रतिबन्ध लगाएको छ । कोरियन सेन्ट्रल न्यूज एजेन्सीले किमकी बहिनी किम यो जोङ र अर्का उत्तर कोरियाली अधिकारीले आइतबार उपहार स्वीकार गरेको र भाइको तर्फबाट पुटिनलाई धन्यवाद दिएको बताएको छ।

Advertisement

समाचारमा भनिएको छ कि किम यो जोङले भनेकी छन् कि यो उपहारले नेताहरु बीचको विशेष व्यक्तिगत सम्बन्ध झल्काउँछ। गत सेप्टेम्बरमा पुटिनसँगको शिखर वार्ताका लागि किमले रुस भ्रमण गरेपछि उत्तर कोरिया र रुसले आफ्नो सहयोगलाई उल्लेखनीय रूपमा विस्तार गरेका छन्। किमको रुसको मुख्य अन्तरिक्ष स्टेशनको भ्रमणका क्रममा पुटिनले उत्तर कोरियाली नेतालाई आफ्नो व्यक्तिगत ओरस सिनेट लिमोजिन देखाएका थिए जसमा किम पछाडिको सिटमा बसेका थिए।

रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार ओरस पहिलो रुसी लक्जरी कार ब्रान्ड हो । यो पुटिनलगायत शीर्ष अधिकारीहरूको गाडीको लस्करहरुमा प्रयोग गरिन्छ। सन् २०१८ देखि पुटिनको सवारीमा यसको प्रयोग भइरहेको छ । यो कार उपहारमा दिइएको हुनसक्ने अनुमान गरिएको छ । यदि यो कार दिइएको हो भने यसमा गोली र ग्रेनेडको कुनै असर हुने छैन।

Advertisement

कारले ६ सेकेन्डमा शून्यदेखि १०० सम्मको गति लिन सक्छ । यसको टप स्पीड २४९ किमी प्रति घण्टा छ। किम जोङ उनलाई अक्सर मर्सिडीज–मेब्याक पुलम्यान गार्ड बख्तरबंद लिमोजिनमा यात्रा गरेको देखिन्छ । जसको मूल्य झण्डै १३ करोड करोड रुपैया पर्नेछ । किम जोङसँग अन्य धेरै कारहरूको संग्रह पनि छ।

२०१८ मा उनी अमेरिकी अधिकारीहरूसँगको बैठकमा कालो रोल्स रोयसमा पुगेका थिए । वासिङ्टनको सेन्टर फर एडभान्स्ड डिफेन्स स्टडीजका अनुसार सोही वर्षको सुरुमा नेदरल्याण्ड्सबाट किमका लागि दुईवटा बख्तरबंद मर्सिडिज मेब्याक एस–६०० गार्ड गाडी उत्तर कोरिया पठाइएको थियो। प्योङयाङले २०१५ देखि २०१७ सम्म मात्र ८ सय भन्दा बढी लक्जरी गाडीहरू आयात गरेको थियो । जसमध्ये धेरै जसो रूसी कम्पनीहरूबाट आएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top