अस्पतालको बेडबाट पनि क्रिकेट हेर्दै सन्दीप

८ फागुन ८०, बुधबार

९ फागुन , काठमाण्डौ ।
नेपाल क्रिकेटका लागि सन्दीप लामिछाने इतिहासको कुनै पनि कालखण्डमा पनि नविर्सिने नाम हो । अहिले भने यी क्रिकेटर अदालतको आदेशपछि क्रिकेटभन्दा बाहिर छन् । बलात्कारको आरोपमा अदालतबाट दोषी ठहर भएपछि नेपाल क्रिकेटको कप्तान समेत रहिसकेका सन्दीप नेपाल क्रिकेट संघ क्यानबाट निलिम्बत छन् ।

जिल्ला अदालतको फैसलाविरूद्ध उनी उच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा छन् । यसरी क्रिकेटबाट टाढा रहेपनि सन्दीपको क्रिकेटप्रतिको मोह भने कतिपनि कम भएको छैन् । उनी अहिले काठमाडौंको सिल्भरलाइन हस्पिटलमा छन् । उनको हस्पिटलको बसाईकै क्रममा नै नेपाल क्रिकेट टिमले आज आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियासँगको दोस्रो खेल खेलिरहेको थियो ।

Advertisement

जुन खेल सन्दीपले अस्पतालको शैयाबाटै हेरेका छन् । सन्दीप दोस्रो पटक लाइपोमाको शल्यक्रियाका क्रममा काठमाडौंको सिल्भरलाइन हस्पिटलमा भनाइ भएका छन् । उनको शल्यक्रिया भएको बताइएको छ। सोमबार साँझ शल्यक्रिया सकिएको हो। शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको अस्पताल स्रोतले जानकारी दिएको छ। यो शल्यक्रिया उनको दोस्रोपटक हो।

गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए। पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन्। लाइपोमा गोलाकार वा अण्डाकार आकारको तन्तु हो, जुन छाला र मासुको बीचमा जमेर बसेको हुन्छ ।

बोसोले बनेको यो तन्तु शरीरका विभिन्न ठाउँमा त कहिले एकै भागमा मात्र पनि आउन सक्छ । चिकित्सकका अनुशार जुनसुकै भागमा देखिने लाइपोमा खासगरी निधार घाँटी, ढाड, हात, पेटमा धेरै देखिन्छ । प्रत्येक हजार जनामध्ये एक जनामा कुनै न कुनै समयमा लाइपोमा देखिन सक्छ ।

यद्यपि यो समस्या त्यति खतरनाक नभएकाले आत्तिहाल्नु पर्दैन । लाइपोमा के कारणले आउँछ भन्ने ठोस प्रमाण भेटिएको छैन । सामान्यतयाः मध्यम उमेरका पुरुष र महिलामा यो बढी देखिने गरेको छ । तर आजभोलि उक्त उमेर समूहभन्दा अरुमा पनि यो समस्या देखिएको छ । परिवारमा पहिले कसैलाई लाइपोमा आएको छ भने अरुलाई पनि देखिन सक्ने चिकित्सकहरु बताउँछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top