NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा मङ्लबार जेष्ठ ७ , २०८२
विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ? मङ्लबार जेष्ठ ७ , २०८२
सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो मङ्लबार जेष्ठ ७ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ? मङ्लबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

नाभाल्नीलाई दिइएको भनिएको विष कस्तो हो ?

बिहिबार फाल्गुन १० , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
एलेक्सी नाभाल्नीको शव सार्वजनिक गर्न किन ढिला गर्दैछ रुस ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० फागुन , एजेन्सी ।
बेलायतले भ्लादिमिर पुटिनका कट्टरविरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको ’पेनल कोलोनी’ का प्रमुख छ जना अधिकारी माथि प्रतिबन्ध लगाएको बताएका छन् ।

’नभाल्नी प्रतिको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू कुनै भ्रममा नपरे हुन्छ, हामी उनीहरूलाई जवाफदेही बनाउँछौं,’ क्यामरुनले भनेका छन् । यस्तै नाभाल्नीको मृत्युलाई लिएर अमेरिकासहितका मुलुकहरुले रुसमाथि थप प्रतिबन्धको तयारी गरेको पनि खबरहरुमा उल्लेख छ । अमेरिकी राष्ट्रपतिसहित पश्चिमा नेताहरुले नभाल्नीको हत्याको दोषी पुटिन भएको आरोप लगाएका छन् ।

नाभाल्नीको परिवारले पनि उनलाई जेलमा विष दिइएर हत्या गरिएको आरोप लगाएको छ । उनकी पत्नी युलिया नभलनयाले आफ्ना पतिको शव नोभिचोक नर्भ एजेन्टको निशाना मेटाउन लुकाइएको आरोप लगाएकी छन् । नाभाल्नीको राजधानी मस्कोभन्दा करिब १ हजार ९०० किलोमिटर टाढा खारपको जेलमा शंकास्पद मृत्यु भएको थियो ।

LS Auto

उनकी पत्नी युलियाले भिडियो जारी गर्दै पुटिनले आफ्ना पतिको हत्या गरेर आफ्नो आधा हिस्सा, आधा मुटु र आधा आत्माको हत्या गरेको बताएकी छन् । उनले आफू अझै जीवित रहेको भन्दै पतिको अभियान जारी राख्ने बताएकी छन् । नभलनयाले आफ्नो भिडियोमा नाभाल्नीको शरीरबाट नोभिचोक नर्भ एजेन्टको निशाना मेटाउन शव लुकाएको बताएकी छन् ।

अमेरिकी संस्था नेसनल इन्स्टिच्युट अफ हेल्थको शाखा नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार नोभिचोक सोभियत संघले शीतयुद्धका क्रममा गोप्य रूपमा बनाएको नर्भ एजेन्टको समूह हो । यसलाई चौथो पुस्ताको रासायनिक हतियारका रूपमा समेत चिनिन्छ । यो एक अर्गनोफस्फोरस यौगिक हो । जसमा अत्यधिक विषाक्त गुण हुन्छ ।

नोभिचोक एजेन्टको रुसी अर्थ नव आगन्तुक हो । यसलाई नर्भ एजेन्टको काल्पनिक समूहका रूपमा पनि परिभाषित गर्न सकिन्छ । यिनीहरूमध्ये केहीलाई बाइनरी रासायनिक हतियारका रूपमा पनि वर्गीकृत गर्न सकिन्छ । यो विषको खास विशेषता भनेको यसलाई ट्रेस गर्न असाध्यै कठिन छ । यसलाई नेटोको रासायनिक हतियार पहिचान उपकरणले पनि ट्रेस गर्न सक्दैन ।

नोभिचोक नर्भ एजेन्ट सन् १९७०–८० को दशकमा विकसित गरिएको हो । जसका बारेमा सन् १९९० मा रुसी रसायन वैज्ञानिक डा. भिल मिर्जायानोभले खुलासा गरेका थिए । यो विषको प्रयोग अहिलेसम्म युद्धमा गरिएको पुष्टि भएको छैन । सन् २०१८ मा बेलायतमा रुसी पूर्वगुप्तचर अधिकारी सर्गेइ स्क्रिपल र उनकी छोरी युलियालाई यही विष दिइएको थियो ।

तर, दुवै जना बच्न सफल भएका थिए । बेलायतले यो घटनामा रुसमाथि आरोप लगाएको थियो । जसलाई रुसले अस्वीकार गरेको थियो । यो विषमा अमेरिकी नर्भ एजेन्ट भीएक्सको तुलनामा मान्छेको मृत्युमा १० गुणा बढी प्रभावकारी मानिन्छ । सन् २०१७ मा उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको अमेरिकी नर्भ एजेन्ट भीएक्सको प्रयोग गरी क्लालालम्पुर विमानस्थलमा हत्या गरिएको थियो ।

नोभिचोक नर्भ एजेन्ट १९९५ मा टोकियो सबवे हमलामा प्रयोग गरिएको ग्यास सरिनभन्दा बढी खतरनाक हो । मान्छेको शरीरमा यो विषको प्रवेशपछि कोषिका र मांसपेशीबीचको सञ्चार बन्द हुन्छ । कीटनाशक औषधिले साङ्ला, किराहरू मारिएजस्तै यो विषले मान्छेमा पनि असर गर्छ । यो विषले यति छिटो काम गर्छ कि यो विष दिएको ३० सेकेन्डदेखि २ मिनेटभित्र नै मानिसको मृत्यु हुन्छ । विषको मात्रा कम भयो भने ढिलो मृत्यु हुन्छ । तर, विषको मात्रा जति कम भयो, उति पीडादायी मृत्यु हुन्छ ।

Tags: #नाभाल्नी मृत्यु प्रकरण#रुसी अधिकारी बेलायतमा

लोकप्रीय

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२

विचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२

थप समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा
ताजा समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
अन्तर्राष्ट्रिय

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२
शिक्षकहरुले सरकारविरुद्ध सिठ्ठी फुके
ताजा समाचार

सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो

मङ्लबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

World News:दुई हेलिकप्टर जुधे,अमेरिकामा मेक्सिकन सेनाको जहाज दु*र्घट*ना || Nepal Times

00:13:50

World News:हङकङ–सिङ्गापुरमा नयाँ कोरोना, पपुवा न्यू गिनीमा पोलियो ‘आउट ब्रेक’|| Nepal Times

00:16:34

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२

हालका पोस्टहरू

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.