‘तमोर कोरिडोर’ले चीन–नेपाल–भारतलाई जोड्यो

१० फागुन,काठमाण्डौ । 

नेपालले आफ्नो सडक संजालबाट उत्तर र दक्षिणमा सीमा जोडिएका दुई ठूला मित्रराष्ट्रहरुलाई जोडेको छ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका हुन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रु’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् ।

चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो । ओलाङचुङगाला हँुदै सेराप बगरसम्म ‘ट्र्याक’ खोल्ने काम चीनको निर्माण कम्पनीले गरेको थियो । नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा ट्रयाक खोलिएको थियो ।

Advertisement

नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअगाडि चीनले खोलेको ट्र्याकमा गत मङ्गलबार साँझ जोडिएको उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले बताएको राससले उल्लेख गरेको छ । तमोर नदीको उद्गमस्थल तिप्तला नाकाबाट धनकुटाको मूलघाट हुँदै तमोर किनारैकिनार बनेको सडक भारतसँग जोडिन्छ ।

उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाअन्तर्गत सञ्चालित सडकको ट्रयाक खोलिएको आयोजना प्रमुख खड्काले बताए । आयोजनाका अनुसार सडक निर्माण काठमाडौँको एसबीए एलाइट जेभीले गरेको हो । ताप्लेजुङ सदरमुकाम फुङलिङ मात्रै नभएर यो सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश उत्तरतर्फको छिमेकी देश चीनसँग सडक सञ्जालले जोडिएको छ ।

Advertisement

एसबीए एलाइटले तापेथोकदेखि ओलाङचुङगोलासम्मको ट्र्याक खोल्ने ठेक्का रु ४४ करोडमा लिएको थियो । तापेथोकबाट काम थालेको ठीक छ वर्षमा ट्र्याक खोलिएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार अब छ वटा मेसिन लगाएर तिप्तला नाकासम्म यस अगाडि खुलाएको ट्र्याकलाई मर्मत गरेर वैशाखमा ताप्लेजुङबाट बिदा हुने योजना छ ।

मूलघाट–दोभान–ओलाङचुङगोला सडक सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म दुई सय ३० किलोमिटर छ । ओलाङचुङगोलादेखि तिप्तला नाकासम्मको दूरी २४ किलोमिटर छ । तमोर कोरिडोरको लम्बाइ दुई सय ५४ किलोमिटरमा छ । कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सीमा नाका जोगवनीबाट सुनसरीको चतरा ५१ किलोमिटरमा टाढा छ ।

विसं २०६५ मा तमोर कोरिडोर निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । चीनसँग सडक सञ्जालले जोडिएसँगै ओलोङचुङगोलाका स्थानीय उत्साहित भएका फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोलाका वडा सदस्य टासी शेर्पाले बताए ।

सडक जोडिए पनि अगाडि चीनबाट खोल्दै ल्याएको ट्रयाक मर्मतसम्भार गर्न केही समय लाग्ने फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोलाका वडाअध्यक्ष छेतेन लामाले बताए । ओलाङचुङगोला सडक पुगेसँगै आगामी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top