Nepal Times
Nepal Times
3
Shares

६० रुसी सैनिक मारिए

६० रुसी सैनिक मारिए

१० फागुन,एजेन्सी ।

पूर्वी युक्रेनको एक तालिम क्षेत्रमा दुईवटा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० जना रुसी सेनाको ज्यान गएको छ । डोनेट्स्क क्षेत्रमा एक वरिष्ठ कमाण्डरको आगमनको स्वागतका लागि रुसी सेनाहरू भेला भएका बेला क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।

रुसी अधिकारीअरुले आक्रमण भएको पुष्टि गरे पनि समाचारमा आएजस्तो मानिसहरुको ज्यान नगएको प्रतिक्रिया दिएका खबरमा उल्लेख छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई भेट्नुभन्दा केही घण्टाअघि आक्रमण भएको बताइएको छ ।

तर, दुई नेताबीच पछिल्लो मिसाइल आक्रमणका विषयमा छलफल नभएको बीबीसीले जनाएको छ । रुसले कब्जा गरेको गाउँ नजिकैको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । घटनामा पछि बाहिरिएको भिडियोमा मृतकको सङ्ख्या धेरै देखिए पनि ६० जनाको मात्र ज्यान गएको भन्दै रुसले घटनालाई लुकाउन खोजेको खबरमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.