भारतमा किसानमाथि गोली प्रहारः उग्र बन्यो आन्दोलन

१० फागून , विराटनगर ।
भारतमा पञ्जाबका किसानहरुले सुरु गरेको दिल्ली कुच आन्दोलन झनै उग्र बन्दै गएको छ । बुधबार आन्दोलनका क्रममा हरियाणाको खानुरी सीमामा प्रहरी र किसानहरुबीच भएको झडपमा एक किसान युवाको मृत्यु भएपछि आन्दोलनरत पक्ष झनै आक्रोषित बनेको छ ।

यद्यपी यसैका कारण किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)को योजना दुई दिनका लागि स्थगित गरेका छन् । बुधबार भएको झडपमा टाउकोमा गहिरो चोट लागेर बल्लो गाउँका शुभकरण सिंहको मृत्यु भएको छ, भने खानुरी र शम्भु नाकाका दर्जनौं किसान घाइते भएका छन् ।

शुभ करण सिंहलाई लगिएको पटियालास्थित अस्पतालका डाक्टरले उनलाई गोली लागेको बताएका छन् । अब पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्नेछ । किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

Advertisement

तर अस्पतालका वरिष्ठ चिकित्सा अधिकृत डा. रेखाले खनौरीबाट तीन जना बिरामी आएका, जसमध्ये एकको मृत्यु भइसकेको छ, अन्य दुईको अवस्था स्थिर रहेको र उनीहरूलाई गोली लागेको देखिएको बताएकी छिन् ।

यता हरियाणा प्रहरीले बुधबार नै एक्समा लेखेको छ, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार आज कुनै किसानको मृत्यु भएको छैन, यो अफवाह मात्र हो । तथ्यांकमा दुई प्रहरी र एक प्रदर्शनकारी घाइते भएको जानकारी छ, जसको उपचार भइरहेको छ ।’ तर ट्रेड युनियनहरूले प्रदर्शनकारी युवा किसानको क्रूर हत्या र दर्जनौं घाइतेको कडा निन्दा गरेका छन् र फेब्रुअरी २३ लाई भारतभर कालो दिवसको रूपमा मनाउने घोषणा गरेका छन् ।

सो क्रममा ट्रेड युनियनहरूले कालो पट्टी लगाउनुपर्ने, खाजाको समयमा विरोध गर्ने, धर्ना गर्ने, जुलुस निकाल्ने, टर्च र मोमबत्ती प्रज्वलन गर्ने र देशका मजदुर किसानहरूप्रति केन्द्र सरकारको निर्दयी व्यवहारप्रति आफ्नो पीडा व्यक्त गर्ने बताएका छन् । एक वर्ष लामो आन्दोलन थामिएको दुई वर्षपछि किसानहरू आफ्ना माग पूरा नभएको भन्दै पुनः सडकमा उत्रिएका हुन ।

कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने मुख्य माग अघि सारेर उनीहरू दिल्लीतर्फ हिँडेका हुन । पन्जाबका हजारौं किसान दिल्लीमा धर्ना र प्रदर्शनको तयारीका साथ हिँडेपछि उनीहरूलाई बल प्रयोग गरेर बाटोमै रोकिएको हो । दिल्लीभन्दा १५० किलोमिटर टाढा हरियाणा–पन्जाब सिमाना क्षेत्र शम्भु बोर्डरमा किसानको दिल्ली यात्रालाई रोकिएको हो ।

जहाँ प्रदर्शन गरिरहेका किसानहरूमाथि लाठिचार्ज, प्लाष्टिकका गोली र अश्रुग्यास प्रहार भइरहेको छ । ड्रोनबाट अश्रुग्यास हनिएको छ । किसानहरुले चंगा उडाएर ति ड्रोनहरु झार्ने प्रयास समेत गर्दै आएका छन् । यी किसानहरूले सरकारले म्याक र तीनवटा कृषि कानुन फिर्ता लिँदा किसानलाई गरेका वाचा पूरा गर्न सरकारसँग माग गरेका थिए ।

यस्तै आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्यको माग गर्दै आएका किसानहरु आन्दोलनका लागि दिल्लीतर्फ गइरहेका छन् । तर, उनीहरुको राजधानी दिल्लीको यात्रा रोक्न प्रहरीले बाटोमा धेरै तहमा काँडेतार सहित अवरोध खडा गरेको छ । पञ्जाब र हरियाणाको सीमामा हजारौँ किसानहरुले डोजरको प्रयोग गरी अवरोध हटाउने प्रयास गरेका छन् ।

भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सीमामा रहेको ब्यारिकेड तोड्ने प्रयास असफल भएपछि हरियाणा प्रहरीले किसानमाथि अश्रुग्यास प्रहार गरेको किसानहरुले बताएका छन् । तर जिन्द एसपी सुमित कुमारका अनुसार किसान आन्दोलनका क्रममा केही मानिसहरूले धानको परालमा आगो लगाए र खुर्सानी थपे, त्यसपछि उनीहरूले प्रहरीमाथि हमला गरे ।

अत्याधिक धुवाँका कारण धेरै किसानहरूले तरवार, भाला र बन्दुकको सहारा लिए । उनीहरूले प्रहरीमाथि आक्रमण गरे, जसमा १२ प्रहरी गम्भीर घाइते भएको उनले बताएका छन् । किसान मजदूर संघर्ष समिति र भारतीय किसान यूनियन (सिद्धूपुर)को नेतृत्वमा पंजाबका किसान संगठनहरुको एक गुटले केन्द्र सरकारविरुद्ध ’दिल्ली कुच’ को आह्वान गरेका हुन् ।

उक्त मोर्चामा किसानसँग सम्बद्ध २५० संगठन आबद्ध रहेको जनाइएको छ । किसानको मागहरुमा कृषि उपजका लागि न्यूनतम समर्थन मूल्यको कानूनी सुनिश्चितता, स्वामीनाथन आयोगको रिपोर्ट लागू गरिनु पर्ने र भाजपा नेताद्वारा कथितरुपमा मारिएका चार सिख किसानलाई न्याय दिनुपर्ने लगायतका अन्य केही माग रहेका छन् । यसबीच आन्दोलनरत पक्षको केन्द्र सरकारसंग चार चरणमा वार्तासमेत भइसकेको छ । तर किसानहरु अझै पनि आफ्नो माग पूरा हुनेमा आश्वास्त हुन नसक्दा आन्दोलन रोकिएको छैन ।

’दिल्ली कुच’ आह्वानपछि १३ फेब्रुअरीमा ठूलो संख्यामा किसानहरु शम्भु र खानुरी सीमामा पुगेका थिए । तर त्यहाँबाट अगाडि बढ्न भने उनीहरुलाई हरियाणा प्रशानसन रोकिरहेको छ । हरियाणा सरकारले सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।

साथै विभिन्न प्रकारको प्रतिबन्धहरु पनि लगाएको छ, जसमा सडक यातायात पनि ठप्प भएको छ । हरियाणा प्रहरीले सुरक्षालाई ध्यानमा राख्दै पञ्जाब प्रहरीलाई पत्रकार, महिला तथा केटाकेटीलाई सीमाभन्दा एक किलोमिटर टाढै रोक्न भनेको छ । दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

एक महिनाका लागि ठूलो समूहमा भेला हुन रोक लगाइएको छ । आन्दोलनकारीहरुले सरकारले यसअघि सन् २०२०÷२१ मा भएको आन्दोलनमा भएका सहमति पालना नगरेको आरोप लगाएका छन् । त्यस्तै उनीहरुले पेन्सन तथा ऋण माफीको पनि माग राखेका छन् ।

सरकारले दाल, मकै र कपास पाँच वर्षका लागि न्यूनतम समर्थन मूल्यमा किन्न प्रस्ताव गरे पनि किसानहरुले सबै २३ वटै बालीहरु न्यूनतम समर्थन मूल्यमा किन्नुपर्ने माग राखेका छन् । आफ्नो माग पूरा नभए किसानहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको निवास घेराउसम्मको कार्यक्रम ल्याएका छन ।

यसैबीच सामाजिक सञ्जाल एक्सले भारत सरकारले किसानको प्रदर्शनसम्बन्धी पोस्ट सेयर गर्ने अकाउन्ट ‘ब्लक’ गर्न आदेश दिएको खुलासा गरेको छ । भारत सरकारको उक्त आदेशप्रति आफ्नो असहमति रहेको एक्सले उल्लेख गरेको छ ।

भारतले उक्त आदेश दिएपछि एक्सको विदेश मामिला हेर्ने अकाउन्टले विज्ञप्ति जारी गर्दै असहमति जनाएको हो । एक्सले भनेको छ, “भारत सरकारले आदेश जारी गरेको छ, जसमा एक्सका केही अकाउन्ट तथा पोस्टमाथि कारबाही गर्न भनिएको छ ।

ती अकाउन्ट र पोस्ट ब्लक गर्न भनिएको छ, किनकि ती भारतको कानुनानुसार दण्डनीय छन् ।” एक्सले थप भनेको छ, “आदेशको पालना गर्दै ती अकाउन्ट र पोस्टलाई हामी केवल भारतमा मात्र ब्लक गर्नेछौँ । तर, यसमा हाम्रो असहमति छ र हाम्रो मान्यता अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ भन्नेमा छ ।”

आफ्नो नीतिअनुसार केवल भारतमा ब्लक गरिने अकाउन्टका प्रयोगकर्तालाई यससम्बन्धी जानकारी दिइसकिएको एक्सले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, भारतको गृह मन्त्रालयको अनुरोधमा आईटी मन्त्रालयले १७७ अकाउन्ट अस्थायी रूपमा ब्लक गर्न आदेश दिएको छ ।

ती अकाउन्टबाट किसानले भारतमा अहिले गरिरहेको विरोध प्रदर्शनसम्बन्धी पोस्ट सेयर गरिएको थियो । आन्दोलित किसानको प्रभाव क्षेत्रमा इन्टरनेट पनि बन्द गरिएको छ । सरकार समस्या समाधानका लागि कृषकका माग सम्बोधनको साटो दमनको नीतिमा अघि बढेको भन्दै सर्वसाधारणमा समेत असन्तुष्टि बढ्दै गएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यसबारे तपाईँ टिप्पणीहरु अवस्य अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top