NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

भारतमा किसानमाथि गोली प्रहारः उग्र बन्यो आन्दोलन

बिहिबार फाल्गुन १० , २०८०
Reading Time: 1 min read
A A
भारतमा किसानमाथि गोली प्रहारः उग्र बन्यो आन्दोलन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० फागून , विराटनगर ।
भारतमा पञ्जाबका किसानहरुले सुरु गरेको दिल्ली कुच आन्दोलन झनै उग्र बन्दै गएको छ । बुधबार आन्दोलनका क्रममा हरियाणाको खानुरी सीमामा प्रहरी र किसानहरुबीच भएको झडपमा एक किसान युवाको मृत्यु भएपछि आन्दोलनरत पक्ष झनै आक्रोषित बनेको छ ।

यद्यपी यसैका कारण किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)को योजना दुई दिनका लागि स्थगित गरेका छन् । बुधबार भएको झडपमा टाउकोमा गहिरो चोट लागेर बल्लो गाउँका शुभकरण सिंहको मृत्यु भएको छ, भने खानुरी र शम्भु नाकाका दर्जनौं किसान घाइते भएका छन् ।

शुभ करण सिंहलाई लगिएको पटियालास्थित अस्पतालका डाक्टरले उनलाई गोली लागेको बताएका छन् । अब पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्नेछ । किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

LS Auto

तर अस्पतालका वरिष्ठ चिकित्सा अधिकृत डा. रेखाले खनौरीबाट तीन जना बिरामी आएका, जसमध्ये एकको मृत्यु भइसकेको छ, अन्य दुईको अवस्था स्थिर रहेको र उनीहरूलाई गोली लागेको देखिएको बताएकी छिन् ।

यता हरियाणा प्रहरीले बुधबार नै एक्समा लेखेको छ, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार आज कुनै किसानको मृत्यु भएको छैन, यो अफवाह मात्र हो । तथ्यांकमा दुई प्रहरी र एक प्रदर्शनकारी घाइते भएको जानकारी छ, जसको उपचार भइरहेको छ ।’ तर ट्रेड युनियनहरूले प्रदर्शनकारी युवा किसानको क्रूर हत्या र दर्जनौं घाइतेको कडा निन्दा गरेका छन् र फेब्रुअरी २३ लाई भारतभर कालो दिवसको रूपमा मनाउने घोषणा गरेका छन् ।

सो क्रममा ट्रेड युनियनहरूले कालो पट्टी लगाउनुपर्ने, खाजाको समयमा विरोध गर्ने, धर्ना गर्ने, जुलुस निकाल्ने, टर्च र मोमबत्ती प्रज्वलन गर्ने र देशका मजदुर किसानहरूप्रति केन्द्र सरकारको निर्दयी व्यवहारप्रति आफ्नो पीडा व्यक्त गर्ने बताएका छन् । एक वर्ष लामो आन्दोलन थामिएको दुई वर्षपछि किसानहरू आफ्ना माग पूरा नभएको भन्दै पुनः सडकमा उत्रिएका हुन ।

कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने मुख्य माग अघि सारेर उनीहरू दिल्लीतर्फ हिँडेका हुन । पन्जाबका हजारौं किसान दिल्लीमा धर्ना र प्रदर्शनको तयारीका साथ हिँडेपछि उनीहरूलाई बल प्रयोग गरेर बाटोमै रोकिएको हो । दिल्लीभन्दा १५० किलोमिटर टाढा हरियाणा–पन्जाब सिमाना क्षेत्र शम्भु बोर्डरमा किसानको दिल्ली यात्रालाई रोकिएको हो ।

जहाँ प्रदर्शन गरिरहेका किसानहरूमाथि लाठिचार्ज, प्लाष्टिकका गोली र अश्रुग्यास प्रहार भइरहेको छ । ड्रोनबाट अश्रुग्यास हनिएको छ । किसानहरुले चंगा उडाएर ति ड्रोनहरु झार्ने प्रयास समेत गर्दै आएका छन् । यी किसानहरूले सरकारले म्याक र तीनवटा कृषि कानुन फिर्ता लिँदा किसानलाई गरेका वाचा पूरा गर्न सरकारसँग माग गरेका थिए ।

यस्तै आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्यको माग गर्दै आएका किसानहरु आन्दोलनका लागि दिल्लीतर्फ गइरहेका छन् । तर, उनीहरुको राजधानी दिल्लीको यात्रा रोक्न प्रहरीले बाटोमा धेरै तहमा काँडेतार सहित अवरोध खडा गरेको छ । पञ्जाब र हरियाणाको सीमामा हजारौँ किसानहरुले डोजरको प्रयोग गरी अवरोध हटाउने प्रयास गरेका छन् ।

भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सीमामा रहेको ब्यारिकेड तोड्ने प्रयास असफल भएपछि हरियाणा प्रहरीले किसानमाथि अश्रुग्यास प्रहार गरेको किसानहरुले बताएका छन् । तर जिन्द एसपी सुमित कुमारका अनुसार किसान आन्दोलनका क्रममा केही मानिसहरूले धानको परालमा आगो लगाए र खुर्सानी थपे, त्यसपछि उनीहरूले प्रहरीमाथि हमला गरे ।

अत्याधिक धुवाँका कारण धेरै किसानहरूले तरवार, भाला र बन्दुकको सहारा लिए । उनीहरूले प्रहरीमाथि आक्रमण गरे, जसमा १२ प्रहरी गम्भीर घाइते भएको उनले बताएका छन् । किसान मजदूर संघर्ष समिति र भारतीय किसान यूनियन (सिद्धूपुर)को नेतृत्वमा पंजाबका किसान संगठनहरुको एक गुटले केन्द्र सरकारविरुद्ध ’दिल्ली कुच’ को आह्वान गरेका हुन् ।

उक्त मोर्चामा किसानसँग सम्बद्ध २५० संगठन आबद्ध रहेको जनाइएको छ । किसानको मागहरुमा कृषि उपजका लागि न्यूनतम समर्थन मूल्यको कानूनी सुनिश्चितता, स्वामीनाथन आयोगको रिपोर्ट लागू गरिनु पर्ने र भाजपा नेताद्वारा कथितरुपमा मारिएका चार सिख किसानलाई न्याय दिनुपर्ने लगायतका अन्य केही माग रहेका छन् । यसबीच आन्दोलनरत पक्षको केन्द्र सरकारसंग चार चरणमा वार्तासमेत भइसकेको छ । तर किसानहरु अझै पनि आफ्नो माग पूरा हुनेमा आश्वास्त हुन नसक्दा आन्दोलन रोकिएको छैन ।

’दिल्ली कुच’ आह्वानपछि १३ फेब्रुअरीमा ठूलो संख्यामा किसानहरु शम्भु र खानुरी सीमामा पुगेका थिए । तर त्यहाँबाट अगाडि बढ्न भने उनीहरुलाई हरियाणा प्रशानसन रोकिरहेको छ । हरियाणा सरकारले सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।

साथै विभिन्न प्रकारको प्रतिबन्धहरु पनि लगाएको छ, जसमा सडक यातायात पनि ठप्प भएको छ । हरियाणा प्रहरीले सुरक्षालाई ध्यानमा राख्दै पञ्जाब प्रहरीलाई पत्रकार, महिला तथा केटाकेटीलाई सीमाभन्दा एक किलोमिटर टाढै रोक्न भनेको छ । दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

एक महिनाका लागि ठूलो समूहमा भेला हुन रोक लगाइएको छ । आन्दोलनकारीहरुले सरकारले यसअघि सन् २०२०÷२१ मा भएको आन्दोलनमा भएका सहमति पालना नगरेको आरोप लगाएका छन् । त्यस्तै उनीहरुले पेन्सन तथा ऋण माफीको पनि माग राखेका छन् ।

सरकारले दाल, मकै र कपास पाँच वर्षका लागि न्यूनतम समर्थन मूल्यमा किन्न प्रस्ताव गरे पनि किसानहरुले सबै २३ वटै बालीहरु न्यूनतम समर्थन मूल्यमा किन्नुपर्ने माग राखेका छन् । आफ्नो माग पूरा नभए किसानहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको निवास घेराउसम्मको कार्यक्रम ल्याएका छन ।

यसैबीच सामाजिक सञ्जाल एक्सले भारत सरकारले किसानको प्रदर्शनसम्बन्धी पोस्ट सेयर गर्ने अकाउन्ट ‘ब्लक’ गर्न आदेश दिएको खुलासा गरेको छ । भारत सरकारको उक्त आदेशप्रति आफ्नो असहमति रहेको एक्सले उल्लेख गरेको छ ।

भारतले उक्त आदेश दिएपछि एक्सको विदेश मामिला हेर्ने अकाउन्टले विज्ञप्ति जारी गर्दै असहमति जनाएको हो । एक्सले भनेको छ, “भारत सरकारले आदेश जारी गरेको छ, जसमा एक्सका केही अकाउन्ट तथा पोस्टमाथि कारबाही गर्न भनिएको छ ।

ती अकाउन्ट र पोस्ट ब्लक गर्न भनिएको छ, किनकि ती भारतको कानुनानुसार दण्डनीय छन् ।” एक्सले थप भनेको छ, “आदेशको पालना गर्दै ती अकाउन्ट र पोस्टलाई हामी केवल भारतमा मात्र ब्लक गर्नेछौँ । तर, यसमा हाम्रो असहमति छ र हाम्रो मान्यता अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ भन्नेमा छ ।”

आफ्नो नीतिअनुसार केवल भारतमा ब्लक गरिने अकाउन्टका प्रयोगकर्तालाई यससम्बन्धी जानकारी दिइसकिएको एक्सले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, भारतको गृह मन्त्रालयको अनुरोधमा आईटी मन्त्रालयले १७७ अकाउन्ट अस्थायी रूपमा ब्लक गर्न आदेश दिएको छ ।

ती अकाउन्टबाट किसानले भारतमा अहिले गरिरहेको विरोध प्रदर्शनसम्बन्धी पोस्ट सेयर गरिएको थियो । आन्दोलित किसानको प्रभाव क्षेत्रमा इन्टरनेट पनि बन्द गरिएको छ । सरकार समस्या समाधानका लागि कृषकका माग सम्बोधनको साटो दमनको नीतिमा अघि बढेको भन्दै सर्वसाधारणमा समेत असन्तुष्टि बढ्दै गएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यसबारे तपाईँ टिप्पणीहरु अवस्य अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #भारतमा किसानमाथि गोली प्रहारः

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’
अन्तर्राष्ट्रिय

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.