११६ जना सुन्दरीलाई पछि पार्दै मिस नेपाल शीर्ष २५ मा

११ फागुन, एजेन्सी ।
मिस नेपाल २०२२ प्रियंकारानी जोशी विश्व सुन्दरी प्रतियोगिताको शीर्ष २५ मा पुगेकी छन् । भारतमा आयोजना भैरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०२३ मा सहभागी जोशी टप २५ मा प्रवेश गरेकी हुन् । नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ हेड टू हेड च्यालेन्जमा पर्न सफल भइन् । ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोका आधारमा अन्तिम २५ का प्रतिस्पर्धी छनोट गरिएको हो ।

Advertisement

कूल ११७ प्रतिस्पर्धीबाट २५ जना छनोट भएका हुन् । उत्कृष्ट २५ मा नेपालसहित ब्राजिल, पोर्तो रिको, ट्रिनिडाड एण्ड टोबागो, अ‍ेमेरिका, बोत्स्वाना, केन्या, माडागास्कर, नाइजेरिया, साउथ अफ्रिका, जिम्बाब्वे, बेल्जियम, इङ्ल्याण्ड, आयरल्याण्ड, नर्दन आयरल्याण्ड, स्पेन, वेल्स, अस्ट्रेलिया, भारत, इण्डोनेसिया, नेबनन, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड र भियतनाम परेका छन् ।

अब यी फाइनलिस्टले ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्नेछन् । यसमा छनोट हुन सके सीधै अन्तिम १५ वा २० मा प्रवेश गर्न सकिनेछ । महत्वपूर्ण कुरा भने, नेपाल मिस वर्ल्डको ब्युटी विथ पर्पस विधामा दाबेदार हो । ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा दिल्लीको भारत मण्डपमा आयोजना हुनेछ । यो ठाउँमा जी–२० सम्मेलन पनि आयोजना गरिएको थियो ।

Advertisement

‘स्पोर्टस् च्यालेन्ज’ विधाको पनि फाइनलमा नेपाल प्रवेश गरेको छ । प्रारम्भिक नतिजा हेर्दा नेपालको उपस्थिती यसपटकको मिस वर्ल्डमा बलियो देखिएको छ । ७१ औं मिस वर्ल्डको फिनाले मार्च ९ मा मुम्बईमा आयोजना हुनेछ । यसअघिको मिस वल्र्ड २०२२ भने पोल्याण्डकी क्यारोलिना बाइलस्का बनेकी थिइन् । यसअघिको मिस नेपाल २०२० नम्रता श्रेष्ठले भने मिस वर्ल्ड २०२१ मा आफ्नो देशको प्रतिनिधित्व गरिन् जहाँ उनी शीर्ष ४० मा मात्रै पुग्न सफल भएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top