चीनले बसायो पेरिस शहर, एफिल टावरमा हनिमुन जोडीको भिड

११ फागुन, एजेन्सी ।
छिमेकी राष्ट्र चीन विश्व शक्ति महाराष्ट्र मानिने अमेरिकालाई टक्कर दिने एक प्रमुख राष्ट्र हो । भूराजनीतिमा विश्व प्रभाव, अर्थतन्त्र, प्रविधि हुँदै सैन्य तथा अन्तरिक्षसम्म चीनले अमेरिकालाई टक्कर दिदै आएको छ । चीन कुनैपनि नयाँ उत्पादनको नक्कल गर्नमा माहिर मान्निछ । त्यसैले कतिपय सामग्रीहरु त्यसको गुणस्तरीयता र टिकाउलाई लिएर चीनमा उत्पादन भएका भनेपछि नाक खुम्च्याउने गरिन्छ ।

Advertisement

अहिले चीनले विश्व चर्चित शहरहरुकै नक्कल गरेर सबैलाई अचम्मित पारिदिएको छ । चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि चीनमा घुमिरहेको जस्तो लाग्दैन। मानिसहरू लन्डन र पेरिस घुमेको अनुभव अब चीनमा नै गर्न सक्ने भएका छन किनभने अब चीनले विश्वका प्रसिद्द शहरहरू पनि नक्कल गरेर चीनको भूमिमा बनाउन थालेको छ। चीनले पेरिसको यति धेरै नक्कल गरेको छ कि त्यहाँ एफिल टावर पनि बनाएको छ।

नेशनल ज्योग्राफिकका अनुसार चीनले तियान्दुचेङमा दोस्रो पेरिस बनाएको छ, यहाँका पसल र सडक पनि पेरिस जस्तै देखिने गरी बनाइएको छ। यो सहर चीनले १० हजार मानिसका लागि बनाएको थियो तर जहाँ सन् २०१३ सम्ममा मात्रै २००० मानिस बस्दै आएका थिए । यति सुन्दर र भव्य बनाए पनि पूरै शहर भने अहिले खाली नै रहेको छ। सन् २००७ मा खोलिएको यो सहर निर्माणमा एक अर्ब पाउण्ड खर्च भएको छ।

Advertisement

यहाँ एउटा एफिल टावर पनि बनाइएको छ, जसको उचाइ १०७ मिटर छ। जबकि पेरिसको वास्तविक एफिल टावरको उचाइ ३३० मिटर छ। सीएनएनका अनुसार चीनको पेरिस सहरको जियाङ्सी रोडलाई फ्रान्सेली नाम पनि दिइएको छ, यहाँ युरोपेली डिजाइनका बगैंचा पनि बनाइएको छ। यो सहर झेजियाङ प्रान्तमा निकै दुर्गम छ, जसका कारण मानिसहरू यहाँ जान मानिरहेका छैनन्।

तर, भर्खरै बिहे गर्ने नयाँ जोडीहरु हनिमुनका लागि चीनको पेरिस सहर जान रुचाउँछन्, जसका कारण यो शहर अहिले निकै लोकप्रिय बन्दै गएको छ। सन् २०१७ मा यो शहरमा ३० हजार मानिस बसोबास गर्ने दाबी गरिएको थियो । तियान्डुचेङमा रहेको एफिल टावरको प्रतिकृति मात्रै होइन, चीनले हङकङको सिमानामा पर्ने दक्षिणी सहर शेन्जेनमा पनि १०८ मिटर अग्लो टावर निर्माण गरेको छ। चीनले लन्डनको टावर, पुल र अल्पाइन गाउँहरू पनि बनाएको छ। सिड्नी ओपेरा हाउसको प्रतिलिपि पनि चीनले निर्माण गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top