एक क्लिकमै फेसबुक कब्जा गर्ने कमजोरी नेपालीले पत्ता लगाए

१३ फागुन , काठमाण्डौ । 

विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ । एक क्लिकमै जुनसुकैको अकाउन्ट ह्याक हुने कमजोरी फेला पारेपछि मेटाले नेपालका साइबर सुरक्षा अनुसन्धानकर्ता अर्याललाई पहिलो ¥याङ्कमा राखेको हो ।

शुक्रबार मेटाले आफूलाई ह्वाइट ह्याक अर्थात हल अफ फेमको पहिलो ¥याङ्कमा राखेको साइबर सुरक्षा विज्ञ समीप अर्यालले बताएका छन् । उनले भनेका छन्,‘फेसबुकमा भएको जुनसुकै एकाउन्ट एक क्लिक र जिरो क्लिकमै आफ्नो कब्जामा लिन सक्ने कमजोरी पत्ता लगाएँ । यस्तो एकाउन्ट नै टेकओभर गर्ने कमजोरी पत्ता लगाएर फेसबुकमा नोटिस गरेपछि मेटाले सन् २०२४मा एक नम्बर ¥याङ्क दिएको हो।’

Advertisement

उनले लिंक पठाएर र लिंक नपठाइकन पनि जुनसुकै फेसबुक प्रयोगकर्ताको एकाउन्ट कब्जामा लिन सक्ने कमजोरी पत्ता लगाएको बताए । उनले भने, ‘ यदि मैले कुनै लिंक पठाएर फेसबुक प्रयोगकर्ताको एकान्ट कब्जामा लिएँ भने त्यसलाई एक क्लिक र फेसबुक प्रयोगकर्तालाई लिंक नपठाइकनै उसको एकाउन्ट कब्जामा लिए भने त्यसलाई जिरो क्लिक भन्छौं। फेसबुकमा यो दुवै कमजोरी मैले पत्ता लगाएँ र फेसबुकलाई खबर गरेँ।’

Advertisement

उनका अनुसार अहिले भने फेसबुकले उक्त कमजोरीलाई सुधार गरिसकेको छ । फेकबुकको सुरक्षालाई थप बलियो बनाउन टु फ्याक्टर अथेन्टिकेस बाइपासमा ध्यान दिनुपर्ने उनको सुझाब छ । उनी भन्छन्, ‘फेसबुकमा टु फ्याक्टर अथेन्टिकेसन बाइपास कमजोरीले अरूको कब्जामा जान सक्छ । त्यसकारण हामीले यसबारे सचेत रहनुपर्छ ।’

यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकका सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औं स्थानमा परेका थिए । उनले फेसबुकमात्रै नभएर सामाजिक सञ्जाल इमो, ओटीटी प्लेटफार्म नेटफ्लिक्सका कमजोरी पत्ता लगाएर रिवार्ड पाइसकेको बताए । यसरी कमजोरी पत्ता लगाइदिएबापत उनी फेसबुकले आयोजना गर्ने साइबर सुरक्षा रेक्युरिटी रिसर्चमा सहभागी भइसकेका छन् ।

उनी भन्छन्, ‘फेसबुकले सन् २०२१ मा सिंगापुरमा साइबर सेक्युरिटी रिसर्च कन्फरेन्स आयोजना गरेको थियो । जसमा मलगायत नेपालका ४ जना सहभागी भएका थियौं ।’ उनका अनुसार सन् २०२१ मा सिंगापुरमा फेसबुकले आयोजना गरेको साइबर सेक्युरिटी कन्फरेन्समा नेपालबाट रिकेश बानियाँ, मनोज गौतम, नरेश लामगाडे, सौगात पोखरेल सहभागी भएका थिए ।

उनी हाल इलोक्ट्रोनिक्स एण्ड इलोक्ट्रोकिल कम्युनिकेशन विषय लिएर काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा पढ्दैछन् । मेटाले सार्वजनिक गरेको फेसबुक ह्याकरको सूचीमा समीपसंगै नेपालका लोकेश कुमार, बृस्तित दाहाल र शान्तबहादुर घर्ती मगर पनि क्रमशः ६, ७ र ८ औं नम्बरमा परेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top