सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो, प्रति कित्ता कति ?

१२ फागुन ८०, आइतबार

१३ फागुन, काठमाण्डौ । 
लामो समयको प्रतिक्षापछि सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला भएको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको कम्पनीको २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो । कम्पनीको प्रिमियम मूल्य ३६०.९० रुपैयाँमा तोकिएको छ ।

इच्छुक आवेदकले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने हुन्छ । यसअनुसार सर्वसाधारणले सर्वोत्तमको आईपीओ किन्न आवेदन दिँदा आफ्नो खातामा १८ हजार ४५ रुपैयाँ हुनुपर्छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो । तेस्रो चरणमा बिक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरिएको छ ।

Advertisement

यी बाहेक बाँकी २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ भने सार्वजनिक निष्काशनमा ल्याएको हो । फागुन १३ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला भएको कम्पनीको सेयरका लागि फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । तथापि, माग गरेअनुसार आवेदन नपरेमा भने ढिल्लोमा फागुन २७ गतेसम्म बिक्री लम्बिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले ’मेरो सेयर’बाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो ।

Advertisement

कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट देशकै पहिलो कम्पनी हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top