NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ? शुक्रबार मंसिर २६ , २०८२
एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ? शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले शुक्रबार मंसिर २६ , २०८२
मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ? शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

तीन ठूला दलमा कसको कमाइ कति ?

आइतवार फाल्गुन १३ , २०८०
Reading Time: 1 min read
A A
तीन ठूला दलमा कसको कमाइ कति ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ फागुन,  काठमाण्डौ । 
नेपालका शीर्ष राजनीतिक दलको वार्षिक आयमा गिरावट आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको भने आयव्ययको विवरणमा नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ । निर्वाचन आयोगमा राजनीतिक दलले बुझाएको आव २०७९–८० को वार्षिक आयव्ययको विवरण अनुसार सङ्घीय संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले मुद्दती निक्षेपमा १० करोड रुपियाँ जम्मा गरेको छ । त्यसबाहेक एमालेले चार वटा कोषमा करिब पाँच करोड १३ लाख २२ हजार रुपियाँ रहेको जनाएको छ ।

तर सो पार्टीले जम्मा आयभन्दा खर्च बढी भएको विवरणमा उल्लेख गरेको छ । आयोगमा बुझाइएको विवरणमा नेकपा एमालेले जम्मा आय करिब आठ करोड ९७ लाख २२ हजार रहेको जनाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएका छन् । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले २०७९–८० मा तीन करोड ६४ लाख ७६ हजार आम्दानी देखाएको छ ।

LS Auto

अघिल्लो आवको कांग्रेसको आम्दानी ११ करोडले घटेको छ । कांग्रेसको कुल खर्च सात करोड ९९ लाख छ । आव २०७९–८० मा नयाँ दलमा राष्ट्रिय स्वतन्त्र पार्टी भने पूराना ठूला दलहरुको भन्दा बढी आम्दानी गरेको छ । पहिलो निर्वाचनबाटै राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल सो दलले २०८० असारसम्म छ करोड ५० लाख रुपियाँ आम्दानी गरेको छ । सो दलको जम्मा खर्च करिब पाँच करोड आठ लाख छ ।

कर्जासहितको खुद बचत एक करोड ४५ लाख ४७ हजार रहेको रास्वापाले बुझाएको विवरणमा उल्लेख छ । रास्वपाले लेबी सदस्यता र नवीकरण शुल्क बापत ४ करोड ६२ लाख ३१ हजार ९९३ रुपैयाँ आम्दानी गरेको छ । यस्तै विभिन्न संस्थाले १ करोड ८६ लाख २५ हजार ८३५ रुपैयाँ, प्रकाशन बिक्री गरेर ५८ हजार ९९० रुपैयाँ, अनुदान बापत ७७ हजार ८१० रुपैयाँ र सानातिना विविध आय २२ हजार ४५० रुपैयाँ आम्दानी रास्वपाको रहेको छ ।

सत्ता नेतृत्व गरेको माओवादी केन्द्रले भने आव २०७९–८० मा तीन करोड ४८ लाख ४१ हजार आम्दानी गरेकोमा तीन करोड ८१ लाख खर्च गरेको छ । सो दलले बुझाएको विवरण अनुसार करिब ११ करोड रुपियाँ विभिन्न कोष र सञ्चय शीर्षकमा राखिएको छ । यस्तै राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को कमाइ गत आर्थिक वर्षमा अन्य राजनीतिक दलहरुको भन्दा धेरै देखिएको छ ।

राप्रपाले गत आर्थिक वर्षमा ८ करोड ४९ लाख ६९ हजार ५२७ रुपैयाँ आम्दानी गरेको छ । त्यसमा पार्टी सदस्यता, नवीकरण तथा चन्दा बढी रहेको छ । यस्तै नगदै सहयोग पनि रहेको छ । पार्टीमा नेता पशुपति शमशेर जबराले नै ४८ लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीले आव २०७९÷०८० मा ८ करोड ४ लाख ५६ हजार ७ सय ९ आम्दानी गरेको छ ।

पार्टीको प्रमुख आयमा सदस्यता, लेबी, चन्दा, प्रकाशन बिक्रीबाट प्राप्त रकम रहेको लेखा प्रतिवेदन प्रतिवेदनमा उल्लेख गरिएको छ । राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन हेर्दा पार्टी सदस्यता शुल्क, प्रकाशन बिक्री, सदस्यता नवीकरण, लेबी, चन्दा सहयोग बाहेक अन्य आम्दानी पनि राम्रै हुने गरेको देखिन्छ ।

त्यसबाहेक केही दलको आम्दानी हेर्दा अन्य शीर्षकमा राम्रो आम्दानी भएको देखिए पनि अन्य शीर्षकमा के के पर्छ भनेर कसैले पनि लेखा परीक्षण प्रतिवेदनमा कतै पनि उल्लेख गरेका छैनन् । यस्तै, केहि राजनीतिक दलले आफनो आम्दानीमा अनुदान पनि देखाएका छन् ।

Tags: #कसको कमाइ कति ?

लोकप्रीय

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

विचार

थप समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च
ताजा समाचार

खेलकुद

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले
अन्तर्राष्ट्रिय

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.