×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

तीन ठूला दलमा कसको कमाइ कति ?

१३ फाल्गुन २०८०

१३ फागुन,  काठमाण्डौ । 
नेपालका शीर्ष राजनीतिक दलको वार्षिक आयमा गिरावट आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको भने आयव्ययको विवरणमा नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ । निर्वाचन आयोगमा राजनीतिक दलले बुझाएको आव २०७९–८० को वार्षिक आयव्ययको विवरण अनुसार सङ्घीय संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले मुद्दती निक्षेपमा १० करोड रुपियाँ जम्मा गरेको छ । त्यसबाहेक एमालेले चार वटा कोषमा करिब पाँच करोड १३ लाख २२ हजार रुपियाँ रहेको जनाएको छ ।

Advertisement
Advertisement

तर सो पार्टीले जम्मा आयभन्दा खर्च बढी भएको विवरणमा उल्लेख गरेको छ । आयोगमा बुझाइएको विवरणमा नेकपा एमालेले जम्मा आय करिब आठ करोड ९७ लाख २२ हजार रहेको जनाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएका छन् । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले २०७९–८० मा तीन करोड ६४ लाख ७६ हजार आम्दानी देखाएको छ ।

अघिल्लो आवको कांग्रेसको आम्दानी ११ करोडले घटेको छ । कांग्रेसको कुल खर्च सात करोड ९९ लाख छ । आव २०७९–८० मा नयाँ दलमा राष्ट्रिय स्वतन्त्र पार्टी भने पूराना ठूला दलहरुको भन्दा बढी आम्दानी गरेको छ । पहिलो निर्वाचनबाटै राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल सो दलले २०८० असारसम्म छ करोड ५० लाख रुपियाँ आम्दानी गरेको छ । सो दलको जम्मा खर्च करिब पाँच करोड आठ लाख छ ।

कर्जासहितको खुद बचत एक करोड ४५ लाख ४७ हजार रहेको रास्वापाले बुझाएको विवरणमा उल्लेख छ । रास्वपाले लेबी सदस्यता र नवीकरण शुल्क बापत ४ करोड ६२ लाख ३१ हजार ९९३ रुपैयाँ आम्दानी गरेको छ । यस्तै विभिन्न संस्थाले १ करोड ८६ लाख २५ हजार ८३५ रुपैयाँ, प्रकाशन बिक्री गरेर ५८ हजार ९९० रुपैयाँ, अनुदान बापत ७७ हजार ८१० रुपैयाँ र सानातिना विविध आय २२ हजार ४५० रुपैयाँ आम्दानी रास्वपाको रहेको छ ।

सत्ता नेतृत्व गरेको माओवादी केन्द्रले भने आव २०७९–८० मा तीन करोड ४८ लाख ४१ हजार आम्दानी गरेकोमा तीन करोड ८१ लाख खर्च गरेको छ । सो दलले बुझाएको विवरण अनुसार करिब ११ करोड रुपियाँ विभिन्न कोष र सञ्चय शीर्षकमा राखिएको छ । यस्तै राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को कमाइ गत आर्थिक वर्षमा अन्य राजनीतिक दलहरुको भन्दा धेरै देखिएको छ ।

राप्रपाले गत आर्थिक वर्षमा ८ करोड ४९ लाख ६९ हजार ५२७ रुपैयाँ आम्दानी गरेको छ । त्यसमा पार्टी सदस्यता, नवीकरण तथा चन्दा बढी रहेको छ । यस्तै नगदै सहयोग पनि रहेको छ । पार्टीमा नेता पशुपति शमशेर जबराले नै ४८ लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीले आव २०७९÷०८० मा ८ करोड ४ लाख ५६ हजार ७ सय ९ आम्दानी गरेको छ ।

पार्टीको प्रमुख आयमा सदस्यता, लेबी, चन्दा, प्रकाशन बिक्रीबाट प्राप्त रकम रहेको लेखा प्रतिवेदन प्रतिवेदनमा उल्लेख गरिएको छ । राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन हेर्दा पार्टी सदस्यता शुल्क, प्रकाशन बिक्री, सदस्यता नवीकरण, लेबी, चन्दा सहयोग बाहेक अन्य आम्दानी पनि राम्रै हुने गरेको देखिन्छ ।

Advertisement

त्यसबाहेक केही दलको आम्दानी हेर्दा अन्य शीर्षकमा राम्रो आम्दानी भएको देखिए पनि अन्य शीर्षकमा के के पर्छ भनेर कसैले पनि लेखा परीक्षण प्रतिवेदनमा कतै पनि उल्लेख गरेका छैनन् । यस्तै, केहि राजनीतिक दलले आफनो आम्दानीमा अनुदान पनि देखाएका छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top