घरेलु मैदानकै सिरिजमा नेपाल अन्तिम, कमजोरी के थियो ?

१२ फागुन ८०, आइतबार

१३ फागुन, काठमाण्डौ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालमाथि नेदरल्यान्ड्सले सहज जित हात पारेको छ। यसअघिको खेलमा नेदरल्यान्ड्सविरुद्ध जित हात पारेको नेपालको ४ खेलमा त्यही मात्रै एक जित रहन् पुग्यो । नेपालले नामिबियासँगको दुवै खेलमा पराजय ब्यहोरेको थियो ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाललाई नेदरल्यान्ड्सले ८ विकेटले पराजित गरेको छ। नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो। नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले नटआउट ५८ रन र साइबन्ड एंगलब्रेटले नटआउट ४६ रन जोडे। उनीहरूबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो।

Advertisement

आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सले नवौं ओभरमा मात्रै पहिलो विकेट गुमाएको थियो । नेदरल्यान्ड्सविरूद्ध मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल १७२ रनमा अलआउट भएको भयो। नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल अन्तिम तीन बल बाँकी छदा अलआउट भयो।

खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। यसअघिका खेल जस्तै आजको खेलमा पनि नेपालको सबैभन्दा कमजोर पक्ष नै ब्याटिङ देखियो । यसैकारण आइसिसी क्रिकेट विश्वकप लिग–२ को पहिलो सिरिज नेपालले घरेलु मैदानमा खेले पनि चार मध्ये तीन खेलमा पराजित हुन बाध्य भयो।

Advertisement

नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहो¥यो। त्रिवि मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल १३४ रन र दोस्रो खेलमा १६८ रनमै अलआउट भएको थियो। त्यहिँ खराब ब्याटिङका कारण नेपालले त्रिवि मैदानमा हार बेहोर्न बाध्य भयो। यस्तै नेदरल्यान्ड्ससँगको पहिलो खेलमा टस जितेको नेपालले १३७ रनमा अलआउट गरेको थियो।

जुन लक्ष्य नेपालले १ विकेटको क्षतिमा पूरा ग¥यो।पहिलो सिरिज सकिदा नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेदरल्यान्ड्सको ४ अंक छ भने नेपाल ३ अंकसहित तेस्रो स्थानमा छ। अब लिग–२ को दोस्रो सिरिजमा युएईले घरेलु मैदानमा स्कटल्यान्ड र क्यानडा प्रतिस्पर्धा गर्दैछ। अब नेपालले घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० सिरिज खेल्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top